National life

बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१८ असोज २०८३, आइतबार
351Shares
बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित
ncell

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ७ बजेसम्मको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। साउन १० गतेदेखि अवरुद्ध रहेका ती राजमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहेको प्रहरीले जनाएको छ।

Royal Enfield
nic asia capital

मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।

त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा पहिरोका कारण कालीगण्डकी करिडोर पनि प्रभावित भएको छ। उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सो स्थानमा असोज १० गते बिहान ११ः३० बजेदेखि सडक प्रभावित हुँदै आएको हो।

यसैगरी, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोरमा एकतर्फी आवागमन भइरहेको भए पनि ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको छ। उक्त सडकखण्ड असोज १४ गते अपराह्न ४ः४५ बजेदेखि पहिरोका कारण प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
351SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?