National life

बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु ,६४ जना बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असोज २०८१, शनिबार
408Shares
बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु ,६४ जना बेपत्ता
ncell

काठमाडौँ । अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो।

सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ ।

Royal Enfield
nic asia capital
यस्तै घटनामा ३४ जना घाइते समेत भएका छन् ।

शुक्रबार अपराह्न ४ बजेदेखि हालसम्म यो सङ्ख्यामा मृत्यु र बेपत्ताको विवरण सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो। सोही अवधिमा २ हजार १०३ जनाको सकुशल उद्धार समेत गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?