National life

मालढुंगा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२१ असोज २०८३, बुधबार
361Shares
मालढुंगा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
ncell

बागलुङ। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ।

चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुंगा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ।

एक सय १४ मिटर लामो पुलको पहुँच मार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन। सुरुमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसबाट मध्य पहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सूत्र पनि टुटेको छ। सडक डिभिजन कार्यालय पोखराले पुल मर्मत कार्य २४सै घण्टा गरिएकाले अबका केही दिनमै पुल सञ्चालनमा आउने जनाएको छ।

बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको अवस्था अवलोकन गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको पर्यटन र आयात निर्यातका लागि पुल छिट्टै सञ्चालनमा ल्याउनुपर्ने हाललाई भने बागलुङ पुग्ने वैकल्पिक मार्गका बारेमा पर्यटक र यात्रुलाई जानकारी दिनुपर्ने बताए।

उनले भने, “मालढुंगा पुल राष्ट्रिय महत्वका रूपमा रहेको छ। उक्त पुल जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्छ। कामको प्रगति पनि राम्रै भइरहेकाले चाँडै नै निर्माण हुने पनि देखिएको छ। यसका साथै वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सकिएमा यसबाट यस क्षेत्रको पर्यटन र आयात–निर्यात सहज बन्नेछ।

यो एउटा पुल मात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडलाई छिचोलेको मध्य पहाडी लोक मार्गकै सङ्गमस्थल रहेको ढकालको भनाइ थियो।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले बागलुङ आउने मुख्य नाकाका रूपमा रहेको मालढुंगा पुल ठप्प भएपछि वैकल्पिक मार्ग प्रयोग हुँदै आएको जानकारी दिँदै सुवेदीले भने, “दसैँअघि नै पुल सञ्चालनमा आउँछ, बागलुङसहित रुकुम पश्चिमसम्मका यात्रुले सहज यात्रा गर्न सक्नेछन्।”

पुष्पलाल मध्य पहाडी लोक मार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने काली गण्डकीमाथिको मालढुंगा मोटरेबल पुल मर्मत कार्य जियोब्याग र जियोग्रेड प्रविधिमा २४सै घण्टा भइरहेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिए।

अधिकारीले चाडबाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले २४सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिए।

बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार बागलुङ बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्न वैकल्पिक मार्गबाट नियमित आयात भइरहेको छ। उनले बैकल्पिक मार्गको प्रयोगबारे स्थानीय, पर्यटक र अन्य यात्रुलाई पनि जानकारी दिइएको बताए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
361SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?