काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० मा आइएमई लाइफ इन्सुरेन्स कम्पनीले ४ अर्ब १८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय आर्थिक बर्ष २०७८/७९ को तुलनामा १८ दशमलव २६ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक बर्ष कम्पनीले ३ अर्ब ५३ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो।
कुल बीमाशुल्क वृद्धिको आधारमा आइएमई लाइफ पहिलाे हुँदै बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १८.२६ प्रतिशत, दास्रोमा नेशनल लाइफको १४.४९ प्रतिशत, तेस्रोमा सन नेपाल लाइफको ११.५९ प्रतिशत र चौँथोमा सिटिजन लाइफको ८.५४ प्रतिशतले बढेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
त्यस्तै ,गत आर्थिक बर्षको तुलनामा नेपाल लाइफको कुल बीमा शुल्क ५ दशमलव ४ प्रतिशतले मात्र वृद्धि भएको छ।



































