National life

आइएमई लाइफको नाफा १०.४९% ले बढ्यो, अधिकांश सूचकमा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ वैशाख २०८२, आइतबार
964Shares
आइएमई लाइफको नाफा १०.४९% ले बढ्यो, अधिकांश सूचकमा वृद्धि
ncell

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ३६ करोड ६३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ६० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.६५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यो रकम ४ अर्ब १२ करोडबराबर थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म भने कम्पनीले २ अर्ब ९३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खर्च बढेको छ । अघिल्लो आवमा ३ अर्ब ७९ करोड रहेको कुल खर्च बढेर ४ अर्ब ४६ करोड पुगेको छ । यस्तै कम्पनीले १ लाख ४८ हजार ५४१ वटा कुल बीमा पोलिसी जारी गरेको छ ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ९८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४२ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा रहेको छ।

 

 

यो समाचार शेयर गर्नुहोस्
964SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?