National life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नयाँ शाखा नेपालगञ्जमा उद्घाटन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
602Shares
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नयाँ शाखा नेपालगञ्जमा उद्घाटन
ncell

काठमाडौं । नेपालको पहिलो लघुबीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बाँकेको नेपालगञ्जमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ । कम्पनीले सातौं शाखाको रुपमा नेपालगञ्ज शाखा सञ्चालनमा ल्याएको हो ।

नेपालगञ्ज शाखाको उद्घाटन गर्दै नेपालगञ्ज उपनगरपालिकाका उपप्रमुख कमरुद्रिन राईले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरूप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले कम्पनीको लक्ष्य हासिल गर्नको लागि उपमहानगरपालिकाले पनि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै उनले महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न उनले सुझाव समेत दिए । निम्न तथा मध्यम वर्गीय समुदाय लाभान्वित हुने गरि काम गरे नेपालगञ्ज उपमहानगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उनको भनाई थियो ।

कम्पनीका चिफ म्यानेजर कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ती, गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्ग बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको उल्लेख गरे । ग्रामीण बस्तीमा बीमा प्रतिको चेतना अभिवृद्धि गर्न कम्पनीले विशेष प्राथमिकता दिएको बताउँदै देवकोटाले पेपरलेस तरिकाले डिजिटल प्रविधीको प्रयोग गरी बीमा सुविधा प्रदान गरिने बताए । वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै देवकोटाले गरीब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको उल्लेख गरेका थिए ।

कम्पनीका प्रदेश प्रमुख विमल खड्काले स्थानीय निकायसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमाको सुविधा प्रदान गरिने जानकारी दिए । उनले डिजिटल प्रविधिको गरी जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताउँदै कम्पनीमा दाबी फछ्र्योट एवं भुक्तानी प्रक्रिया एकदमै सजिलो र झन्झटरहित रहेको दाबीसमेत गरेका थिए ।

उक्त उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा प्रवक्ता प्रमोद रिजाल, वडा नम्वर २ वडाध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा नम्वर ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठ, जिल्ला क्रिकेट सघं बाँकेका अध्यक्ष सरोपर प्रसाई, नेपाल ई रिक्सा व्यवस्थापन कम्पनीका अध्यक्ष कुमार सिह ठकुरी र जिल्ला सहकारी सघंकी उपाध्यक्ष मिना सिग्देल लगायतले कम्पनीलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा स्थानीय उद्योगी व्यवसायीहरूको, सहकारीकर्मी र स्थानीयहरूको सहभागिता रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?