काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरूको लागि गत मंसिर १९ गतेदेखि बिक्री आवेदन खुलाएको थियो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।






































