National life
cg eloctronics

जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति गठन, अध्यक्षमा प्रवीण रमण पराजुली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
1.5kShares
जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति गठन, अध्यक्षमा प्रवीण रमण पराजुली
muktinatha bikash bank

काठमाडौं। जीवन बीमक संघ नेपालले छैठौं वार्षिक साधारण सभामार्फत नयाँ कार्यसमिति गठन गरेको छ। २०८२ भदौ २९ गते (सेप्टेम्बर १४, २०२५) काठमाडौंमा सम्पन्न सभाले सर्वसम्मत रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई अध्यक्षमा चयन गरेको हो।

संघको विधानअनुसार गठित कार्यसमितिमा उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरूमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) तथा प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

नवगठित कार्यसमितिले कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना विस्तार, जीवन बीमा कर्मचारीको क्षमता अभिवृद्धि, बीमित हित संरक्षण र नीतिगत तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

साधारण सभामा संघका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका हालका चुनौती, सम्भावना र भावी रणनीतिबारे विस्तृत छलफल गरिएको संघले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?