मानिस हर समय जोखिम तथा त्यसबाट उत्पन्न हुने प्रायः सबै प्रकारका चुनौतीको सामना गरिरहेको हुन्छ । हामी प्रायः उक्त चुनौतीहरूलाई सामना गर्नुको साट्टो त्यसबाट भाग्ने गरेका छौ । जस्तो सुकै समस्या र चुनौतीलाई सामना गर्ने साहस आफु भित्र पैदा भयो भने सफलताका लागि धेरै समय कुर्नु लाग्दैन । मानिसमा अन्तर्निहित उच्चतम गुण र सर्वमान्य व्यवहार हुनु पर्दछ ।
उनीहरूमा काम प्रतिको लगाव काममा निखरता ल्याउने आत्मविश्वास र परिणाम प्रतिको दृढसंकल्प र लगनशीलता नै सफलताको सूत्र हो । मानिसले सफलता जन्मँदै लिएर आएको हुँदैन न यो स्थायी नै हुन्छ । सफलता मानिसले समाज र संस्कारबाट सिक्ने गर्दछ र निरन्तर प्रयास र मेहनतले उ सफल बन्छ । आफूलाई विश्वास गर्ने मानिस न त असफल नै हुन्छ न त असफलताबाटै डराउँदछ । उसको आत्मविश्वासको शब्दकोशमा असफलता भन्ने शब्द नै हुँदैन । सफलताको सूत्र भनेकै उसका लागि आत्मविश्वास मेहनत र इमान्दारिता र काम प्रतिको सम्मान र समयको उचित व्यवस्थापन हो । यसको ज्वलन्त उदाहरण हुन प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर राज महतो ।
मधेस प्रदेश,मिथिला नगरपालिका ढल्केवरका महतो आफैमा एक मेहनती व्यक्ति हुन जो बिहान झुल्के घामसगै कामको सुरुवात गर्दछन् । सामान्य पारिवारिक पृष्ठभूमि भएको परिवारमा जन्मिएका महतोको बाल्यकाल गाउँमै सामान्यरुपमा बित्यो । सानैदेखि चन्चले स्वभाव हिस्टपुस्ट शारीरिक बनावट भएका उनको कुनै खास सपना भने नभएको बत्ताउँछन् । आफ्नो पढाई लाई बिचैमा छोडेर समाजसेवामा युवा उमेर सुम्पेका छन् सहयोगी भावना भएका उनी हेर्दै हँसिलो र फरासिला छन् । जो कोहीसँग आफ्ना कुरा खुलेर गर्दछन् उनी बोल्ने कलामा निपुर्ण छन् । उनले आफूलाई बीमा क्षेत्रमा समर्पित गरेका छन् ।
बीमा क्षेत्रमा लागेर समाजमा सुरक्षित बनाउने उनको सपना छ । समाज रूपान्तरणका लागि जीवन बीमा क्षेत्रलाई पूर्णकालीन कार्य क्षेत्र बनाएका छन् । एक्कासि जीवन बीमा क्षेत्रमा प्रवेश गरेका उनले आफ्नो जीवन संगिनीको पूर्ण साथ र सहयोग पाएका छन् । विगतका भोगाई र सङ्घर्षले आफूलाई बीमा क्षेत्रमा परिपक्व बनाएको बत्ताउँछन् । उनले आफूलाई सशक्त बनाउन देश भरि आफ्नो संन्जाल निर्माण गरिरहेका छन् । प्रभु महालक्ष्मी लाइफको एक सय चौध वटै शाखामा आफ्नो समूह निर्माण गरी अभिकर्ता सेवालाई निरन्तरता दिने उनको सोच छ ।

प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजर हुन महतो । विगत वर्षहरूमा अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था एमडिआरटीको उपाधि र चेयर म्यान क्लब सदस्य समेत हात पारिसकेका महतो यस वर्ष भने प्रभु महालक्ष्मीको भने सीईओ क्लब सदस्य हुन । उनले हरेक वर्ष नेपाल भित्रबाट व्यवसायको आधारमा तेस्रो स्थान सम्मको अवार्डबाट सम्मानित भई सकेका छन् । हरेक वर्ष उनी कुनै न कुनै क्लबका सदस्य बन्दै एक सफल अभिकर्ताको पहिचान बनाउँदै आइरहेका छन् । उनले आफ्नो सफलतामा परिवारको हात रहेको बताउने महतोले आफ्ना परिवारका सबै सदस्यलाई यो पेसामा आबद्ध गराएका छन् । उनकी श्रीमती समेत यस कम्पनीमा सिनियर एजेन्सी म्यानेजर छिन् । अभिकर्ता पेसाले मानिसलाई आर्थिक स्वतन्त्रता दिने उनको बुझाई छ । कम्पनीले ल्याएको हरेक महिनाको प्रोत्साहन योजनामा छनौट हुने उनको अठोट नै छ । उनले आफूलाई मात्र होइन आफ्ना समूहमा रहेका धेरैलाई स्किम विजेता बनाउने गर्दछन् । बीमा क्षेत्रमा लाग्नु अगाडी बिमा नबुझेका महतोले शाखा कार्यालयले दिने आधारभूत तालिमपछि बीमा बुझेको बताउँछन् । जनकपुर शाखामा कार्यरत महतोले आफूलाई बीमा क्षेत्रको सामाजिक कार्यकर्ता सम्झन्छन् । वास्तवमा युवा पुस्ताका लागि बीमा क्षेत्र निकै राम्रो भएको बताउने उनले पैसा कमाउनको लागि युवा जमात विदेश जान नपर्ने धारणा राख्दछन् । शून्य लगानीमा अत्यधिक आम्दानी गर्न सकिने यो क्षेत्र युवाले बिर्सेको देख्दा चिन्ता व्यक्त गर्दछन् । युवा वर्गलाई यो पेसामा आबद्ध गराउने सरकारी तथा निजी क्षेत्रबाट प्रभावकारी पहन हुनु पर्नेमा उनी जोड दिन्छन् ।
श्रीमतिबाट राम्रो सर्पोट
जीवन बीमा अभिकर्ता बनी काम सुरु गरेको समयदेखि नै श्रीमतीको साथ र सहयोग पाएका महतोले आफ्नो बीमा क्षेत्रको यात्रा सहज भएको बताउँछन् । कुनै पनि व्यक्ति सफल बन्नका लागि घर परिवारको साथ र सहयोग आवश्यक रहेको बताउने महतोले आफ्नी श्रीमतीलाई समेत यो क्षेत्रमा ल्याएका छन् हाल उनकी श्रीमती पनि प्रभु महालक्ष्मिलाईफकी सिनियर एजेन्सी म्यानेजर छिन् । उनले यस क्षेत्रमा श्रीमती मात्र नभएर आफ्ना परिवार भित्रका अन्य सदस्यलाई समेत बीमा अभिकर्ता भई काम गर्न अभिप्रेरित गर्दछन् ।
टिममा काम गर्दा सफलता मिल्ने उनले सुरुवाती दिनमा आफूले बिमा बुझेको भएता पनि अन्य साथी भाइ लाई बीमा अभिकर्ता पेसा सम्बन्धी जानकारी गराउँदा भोग्नु परेको समस्या उनका लागि थप सिकाई रहेको बुझाई उनको छ । हाल उनले आफ्नो समूहमा चार सय भन्दा बढी अभिकर्ता जोडी सकेका छन् आज उनलाई बिमा क्षेत्रमा स्थापित गराएको उनको भनाई छ । उनले आगामी दिनमा प्रभु महालक्ष्मी लाइफको एक सय चौध बटै शाखामा आफ्नो समूह बिस्तार गर्ने योजना बनाएका छन् । सुरुवाती दिन देखिनै राम्रो कामको थालनी गदै आएका राज ले बीमा व्यवसायमा अहिले सम्म निराश हुनु परेको छैन । उनले यो क्षेत्र वाट नाम र दाम दुवै कमाएका छन् ।
बिहानदेखि बेलुकासम्म बीमाकै कुरा ग्राहकलाई जति बीमाको बारेमा बुझाउन सक्यो त्यति नै बिमा गराउन सकिने कुरामा राज विश्वास गर्दछन्। अधिकांश समय ग्राहकसँगै बिताउने गरेको उनले ग्राहकका धेरै प्रश्नको उत्तर सजिलै दिने गरेको बताउछन्। आजकाल बीमा गराउन त्यति धेरै गाह्रो नपर्ने उनको भनाई छ । पहिलेकोभन्दा मानिसमा तुलनात्मक रूपमा बीमा सम्बन्धी बुझाइमा परिवर्तन आएको अनुभव उनमा छ ।
जीवन बीमा अभिकर्ताको रूपमा आफ्नो परिचय बनाएका राज महतो कम्पनीले प्रदान गर्ने विभिन्न अवार्ड बाट समेत सम्मानित भएका छन्। बिना लगानी विश्वासिलो आवाज बेचेर लामो समय सम्म निरन्तर आम्दानी गर्न सकिने एक दरिलो माध्यम बिमा अभिकर्ता पेसा रहेको चित्रण उनले गरेका छन् । त्यसैले बिदेशीलने कयौँ युवालाई यो पेसामा लागेर आत्मनिर्भर बन्ने सल्लाह दिन्छन । बीमा भनेको कसैका लागि नभएर आफ्नो लागि हो भन्ने कुरा सबैले बुझिदिए बीमा जोखिम विरुद्धको आर्थिक सुरक्षा हो भन्ने कुरा बुझ्न जरुरी रहेको छ र सबैलाई भविष्यको लागि जीवन बीमा गराउने सल्लाह दिन्छन् ।
































