National life

नेपाल पुनर्बीमाको खुद नाफा बढ्यो , अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
970Shares
नेपाल पुनर्बीमाको खुद नाफा बढ्यो , अन्य सूचक कस्ता ?
ncell

काठमाडौं । काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले खुद नाफा बढेको छ।

अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको निर्जीवन बीमा व्यवसायतर्फको खुद नाफा गत वर्षको चौथो त्रैमासमा ९१ करोड २० लाख १६ हजार रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो वर्ष यसैअवधिमा जीवन बीमा व्यवसायतर्फ १० करोड ८८ लाख ३४ हजार रुपैयाँ नाफामा कमाएको यस कम्पनीले गत वर्ष चौथो त्रैमाससम्ममा १७ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष असार ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै गत वर्षको चौथो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट २ अर्ब १ करोड ३० लाख ४७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीको जगेडा कोषको आकार निर्जीवन व्यवसायमा ३ अर्ब ४३ करोड रुपैयाँ र जीवन व्यवसायमा ७१ करोड १९ लाख रुपैयाँ गरी कुल ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन र जीवन व्यवसायमा गरी जगेडामा कुल ६ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५० रुपैयाँ रहेको छ। यस्तै पीई अनुपात ८६.४,प्रतिसेयर नेटवर्थ १५९.५९ र प्रति सेयर कुल सम्पत्तिको मूल्य २१८.८१ रुपैयाँ रहेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
970SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?