National life

नेपाल प्रिमियर लिग २ ट्रफी सानिमा रिलायन्स लाइफमा, सह–प्रायोजन निरन्तर

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ कात्तिक २०८२, शुक्रबार
1KShares
नेपाल प्रिमियर लिग २ ट्रफी सानिमा रिलायन्स लाइफमा, सह–प्रायोजन निरन्तर
ncell

काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपाल (CAN) द्वारा आयोजित नेपाल प्रिमियर लिग (NPL)–२ को ट्रफी शुक्रबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नक्सालस्थित प्रधान कार्यालयमा प्रदर्शित गरिएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स यस वर्ष हुने दोस्रो संस्करणको सह–प्रायोजक हो। NPL आगामी मंसिर १ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटको महत्व र यसको बढ्दो लोकप्रियताबारे चर्चा गर्दै, देशमा उत्कृष्ट खेलाडीहरू उदाउँदै गएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले NPL लाई प्रतिभावान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, उनीहरूको मनोबल वृद्धि गर्ने र नेपालको छविलाई विश्व खेलजगतमा स्थापित गर्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा वर्णन गरे।

अध्यक्ष केडियाले NPL को दोस्रो संस्करणमा पनि सह–प्रायोजक बन्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको उल्लेख गर्दै, प्रतियोगिताको सफलताको कामना व्यक्त गरे। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल देशभर रहेका १६९ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?