काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक इन्सोरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचिकृत भएको हो।
कम्पनीको उक्त बोनस बापत २६ लाख ८१ हजार ५१८ कित्ता सेयर सूचिकृत भएको हो । सो सूचिकृत सेयर भोलि (मंगलवार) बाट दोस्रो बजारमा कारोबार हुनेछ ।






































