काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्राधिकरणको निर्देशन अनुसार हाल यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी राखेको जनाएको छ।
इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं, लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। कम्पनीले शेयरको मूल्य प्रचलित नियमानुसार निर्धारण हुने र उक्त समयभित्र आवेदन नआए सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।





































