National life

‘पुनर्बीमाको चुक्तापुँजी बढाउनु राम्रो हो, नेपालको सन्दर्भमा चाही सुहाउँदो देखिदैन,

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
1.2kShares
‘पुनर्बीमाको चुक्तापुँजी बढाउनु राम्रो हो, नेपालको सन्दर्भमा चाही सुहाउँदो देखिदैन,
ncell

काठमाडौं । बीमा विज्ञ डा. रविन्द्र घिमिरेले हाल पुनर्बीमा कम्पनीहरुको चुक्ता पुँजी २० अर्ब बनाउँने विषय निकै गहन विषय रहेको र यसको लागि बेलैमा गम्भिर हुनुपर्ने स्पष्ट पारेका छन् । सरकारी स्वामित्व समेत रहेको नेपाल पुनर्बीमा कम्पनीको पूर्व अध्यक्ष समेत रहेका घिमिरेले आर्थिक भ्वाईसँगको कुराकानीमा पुँजी वृद्धि आफैमा राम्रो कुरा भए पनि नेपालको सन्दर्भमा भने सुहाँउदो नदेखिएको प्रतिक्रीया दिएका छन् ।

यस्तो छ विज्ञ घिमिरेको संक्षिप्त विचार

अहिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुर्याइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमा पनि अध्ययन गरेको हो कि होइन थाहाँ छैन । केही पत्रिकाले अध्ययनको आधारमा पुँजी वृद्धि गरिएको भनेका छन् । कसले यसमा अध्ययन गरेको हो त्यो पनि थाँहा छैन । यो निकै गाह्रो विषय छ । कति पुँजी बढाउन आवश्यक हो त्यसको एकिन भएको अवस्था छैन । नेपालमा रहेका पुनर्बीमा कम्पनीको क्षमता कति हुनुपर्ने भन्ने कसैलाई थाहा छैन । अहिले बीमा कम्पनीहरुलाई आम्दानी पाउँन मुस्किल भएको अवस्था छ ।

हाल पुनर्बीमा कम्पनी दुई वटा ल्याएर पुँजी १० अर्ब बनाउँने भनेपछि त दुईवटा कम्पनीको पुँजी २० अर्ब रुपैयाँ हुने देखिन्छ  सामान्य रुपमा जीवन बीमा कम्पनीहरुले पाँच अर्ब रुपैयाँ चुक्तापुँजी हुँदा ३० अर्ब रुपैयाँसम्म संकलन गरेका छन् पुनर्बीमाको चुक्तापुँजी बढाउनु राम्रो हो, नेपालको सन्दर्भमा चाही सुहाउँदो देखिदैन । यो सात गुणा जस्तो देखिन्छ । निर्जीवनमा शिखर इन्स्योरेन्सको दुई गुना कलेक्सन गरेको अवस्था छ । अब नेपाल पुनर्बीमा कम्पनीको पुँजी १३ अर्ब रुपैयाँ छ भने व्यवसाय जम्मा सात अर्ब रुपैयाँको हाराहारीमा छ । त्यो दुई वटा कम्पनीमा बाढीदैछ । पुँजी मात्र खन्यायर हुँदैन । नियामकले विदेशीले पत्याउँने बातावरण बनाउँन पर्छ ।

यहाँको नीति स्थिर छ भनेर प्रचार गर्न सक्नु पर्छ । नेपालमा पुनर्बीमा चलाउन सक्ने जनशक्ती निकै कम छ । विदेशमा सिप सिकेर आएका जनशक्ती भए मात्र बीमा व्यवसाय सस्टेन हुन्छ । जोखिम धारणको अन्य उपाय छैन त ? पुँजी बजारमा राईट शेयरको खेल जस्तो हो, यो । वित्तीय पुँजीवाद हो, यो । यो त्यस्तै खेलोमेलो जस्तो लाग्छ । रिर्पोट चाही कन्भिन्स हुने हिसाबले आउँनु पर्यो । विदेशीले चुक्तापुँजी कम भएका कारण व्यवसाय दिन मानेनन् भन्ने प्रमाण सहित आउँनु पर्यो । यो त अहिले दश जना बस्न १०, १२ वटै घर बनाए जस्तो भयो । बीमा प्राधिकरण राज्यको अंग हो । राज्यसँग सल्लाह नगरीकन बीमा प्राधिकरण वा सरकारी कम्पनीले पनि काम गर्न सक्दैनन् ।

जोखिम धारण गर्न सक्ने क्षमता नेपालका पुनर्बीमा कम्पनीको कति छ भन्ने वास्तविकता अन्तर्राष्ट्रिय विज्ञ र एक्चुरीबाट अध्ययन गराउँनुपर्छ । कोरोना बीमा जस्तो बीमा योजना ल्याएर बीमा क्षेत्रको ढाँड भाच्ने, लाइसेन्स धेरै वटा कम्पनीलाई बाँडेर अराजकता छाएको अवस्था छ । बीमा क्षेत्र हाम्रो अनुमानभन्दा बाहिर गएको छ । अब नेपाल पुनर्बीमाक कम्पनीको हकमा सरकारले शेयर बेच्नुपर्छ, बीमा कम्पनीहरुको ४९ प्रतिशत शेयर नेपाल री इन्स्योरेन्समा राखेका छन् । उनीहरु पैसा नभएर छटपटाएको बेलामा के गर्छन् ? भन्ने हो । पुँजी वृद्धि राम्रो कुरा हो तर अहिलेको सन्दर्भमा आवश्यक छ कि छैन भन्ने कुरा पनि निकै महत्वपूर्ण देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?