National life
cg eloctronics

प्रभु इन्स्योरेन्सको नाफा १० % वृद्धि ,अन्य सुचक पनि बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
1.9kShares
प्रभु इन्स्योरेन्सको नाफा १० % वृद्धि ,अन्य सुचक पनि बढ्यो
muktinatha bikash bank

काठमाडौँ।  प्रभु इन्स्योरेन्स लिमिटेड कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

समिक्षा अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको भन्दा यो नाफा १० प्रतिशत प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चालू आवको असोज मसान्तसम्म कम्पनीले २३ करोड २४ लाख रुपैयाँ आम्दानी गरको छ भने १५ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ। यस अवधिमा कम्पनीको कम्पनीको बीमा कोष२ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको भएको छ।

everest bank

कम्पनीले पहिलो त्रैमासम्म जगेडा कोषमा २५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३२ करोडभन्दा बढी रकम सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ छ।

कम्पनीको नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ७३ पैसाबाट बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ।रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?