National life

फर्केर हेर्दा २०८० साल: बीमा क्षेत्रकालागि सन्तोषजनक,आर्थिक मन्दीको आंशिक प्रभाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
582Shares
फर्केर हेर्दा २०८० साल: बीमा क्षेत्रकालागि सन्तोषजनक,आर्थिक मन्दीको आंशिक प्रभाव
ncell

काठमाडौ । नेपालमा बीमाको इतिहास खासै लामो छैन । छोटो अवधिमा नै बीमा क्षेत्रको विकास दक्षिण एशियाली अन्य मुलुकहरुको तुलनामा नेपालमा राम्रो रहेको नेपाल बीमा प्राधिकरण दाबी गर्दै आएको छ । अहिले नेपाली नयाँ वर्ष लाग्दै गर्दा हामीले गएको २०८० साललाई संक्षिप्तमा स्मरण गर्ने प्रयास गरेका छौं । सबैभन्दा पहिला २०८० सालले बीमा कम्पनीहरुलाई मर्जरमा लग्न सफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मर्जरपश्चात १४ जीवन र १४ निर्जीवन बीमा कम्पनीहरु कायम भएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले समग्रमा २०८० साल फलदायी रहेको समिक्षा गरेका छन् । आर्थिक भ्वाइससँगको कुराकानीमा उनले देश आर्थिक मन्दीको चपेटामा फस्दा त्यसको असर बीमा क्षेत्रमा समेत परेको बताएका छन् ।

उनले आर्थिक मन्दीकै बेलामा पनि अन्य व्यवसायको तुलनामा बीमा गर्ने नागरिकहरुको विभिन्न सूचकहरुमा वृद्धि भएको स्पष्ट पारेका छन् । सिलवालले आगामी २०८१ सालमा विगतमा अड्किएका योजनाहरुका लागि बाटो खुल्दै जाने आश्वासन समेत दिएका छन् । सिलवालका अनुसार बीमा क्षेत्रमा भएका मुख्य मुख्य काम समिक्षा गर्दा २०८० सालमा बीमा ऐन २०७९ कार्यान्वयनको सन्दर्भमा बीमा नियमावलीको मस्यौदा तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ । त्यस्तै, बीमाको प्रवद्र्धन बीमित हित संरक्षण भन्ने मूल शीर्षकका साथ दोस्रो रणनीतिक योजना सन् २०२३।२०२७ कार्यान्वयनमा ल्याएर बीमकको पुनर्बीमा व्यवसायलाई व्यवस्थित गर्न बीमकको पुनर्बीमा निर्देशिका, २०८० जारी भएको अवस्था छ ।

पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी एवम् विश्वासिलो बनाउँने र पुनर्बीमा वापत वर्षेनी विदेशिने गरेको ठूलो परिमाणको मुद्रालाई धेरै हदसम्म स्वदेशमा नै रहने व्यवस्था गरेको छ भने दुई वटा पुनर्बीमा कम्पनी संचालनमा आइसकेका छन्।

नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन, २०८० जारी गर्दै बीमकको संस्थागत सुशासन सम्बन्धि पाँचौ संशोधन निर्देशिका, २०८० लागू गरेको छ ।

निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घर सम्बन्धि बीमाको स्तरीकृत बीमालेख र सोका लागि आवश्यक बीमादर प्रचलनमा ल्याउनका लागि सम्पत्ति बीमा निर्देशन २०८० जारी हुन सफल भएको छ ।

बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीहरको पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी साढे दुई अर्ब रुपैयाँ बनाईएको छ । वृद्धि गरिएको चुक्ता पूँजी पुर्याउन बीमकहरु स्वत,स्फुर्त रुपमा मर्जरमा जान तयार भएको सन्दर्भ बीमक गाभ्ने, गभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को पहिलो संशोधन गरिएको हो ।

लघुबीमा व्यवसायको विकास, प्रवर्दद्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय भएका बर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागि लघुबीमा कम्पनीहरु संचालनमा आएका छन् । गत जेठ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा एशियाली बीमा सम्मेलन,२०२३ एशियन इन्स्योरेन्स मिट आयोजना गरिएको थियो भने बीमा प्राधिकरणका काम कारबाहीलाई अझ बढी चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँन तथा बीमक र सरोकारवालाहरुलाई छिटो छरितो रुपमा सेवा उपलब्ध गराउन नयाँ सर्भेयर र सफ्टवेयर संचालनमा ल्याएको अवस्था छ ।

बीमा क्षेत्रमा हुने शंकास्पद कारोबार र तोकिएको सीमाभन्दा बढीको प्रतिवेदन वित्तीय जानकारी इकाईमा पठाउन बीमकहरुले यसअघि परीक्षणका रुपमा प्रयोग गर्दै आएको गो एम एल सफ्टवेयर संचालन गरिएको छ ।

साथै, यसै वर्ष बीमाको पहुँच पनि ५० प्रतिशत हाराहारी पुगेको छ । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन कायम गर्दै बीमितको सेवामा दत्तचित भएर लाग्न बीमा कम्पनीहरुलाई निर्देशन दिइरहेको अवस्था छ। अध्यक्ष सिलवालले नयाँ वर्षको समेत शुभकामना दिँदै सम्पूर्ण बीमित, बीमक, अभिकर्ता, सर्भेयर लगातलाई आगामी दिनहरुको बीमाको लागि राम्रो हुने बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?