National life

बीमा क्षेत्रमा मर्जर, हतारको निर्णय, टिकाउँन धौधौ हुने आँकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
603Shares
बीमा क्षेत्रमा मर्जर, हतारको निर्णय, टिकाउँन धौधौ हुने आँकलन
ncell

बिजय फुयाँल

काठमाडौं । नेपाली बीमा क्षेत्रमा छोटो अवधिमा नै धेरै वटा बीमा कम्पनीहरुले मर्जर सम्पन्न गरेका छन् । तर, उक्त मर्जरबाट बीमा कम्पनीहरुले दिने प्रतिफल पाउँन भने लामो समय लाग्ने देखिएको हो ।

अहिले नयाँ तथा पुराना दुवै किसिमका बीमा कम्पनीहरुलाई आर्थिक चुनौती दिनानुदिन थपिरहेको बेलामा नतिजामूखी मर्जरको पर्खाइमा समग्र बीमा क्षेत्र रहेको देखिन्छ । देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित भएको बीमा क्षेत्रको कूल ग्राहस्थ उत्पादन ९जीडीपी० मा योगदान साढे तीन प्रतिशत रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अर्थतन्त्र चलायमान गराउँन महत्वपूर्ण भूमिका खेल्दै आएको बीमा क्षेत्र अहिले भने आफै मर्जरको चपेटामा फसेको छ ।

गएको एक आर्थिक वर्षमा नै नियामकको निर्देशन अनुसार अधिकांश बीमा कम्पनीहरु मर्जरमा गएका छन् । मर्जरमा गएका बीमा कम्पनीहरुले आफूहरुलाई व्यवसायीक चुनौती एक ठाउँमा भए पनी अर्को ठाउँमा एउटा बीमा कम्पनीबाट आएका कर्मचारीहरुको अर्को बीमा कम्पनीबाट आएका बीमा कम्पनीहरु एक ठाउँमा बसेर काम गर्न केही असहज भएको बताएका छन् ।

बीमा कम्पनीहरुले कर्मचारीहरुलाई हाल पुरानो मोडेलमा काम गराउँन पनि नसकिने र नयाँ मोडेलमा समेत तत्काल लान नसकिने अवस्था रहेको बताएका छन् । सोही अवस्था कारण बीमा कम्पनीहरुको मर्जर नै दैनिक धरापमा पर्दै गएको अवस्था छ ।

केही बीमा कम्पनीहरुले आफूहरुले सोचे अनुरुप मर्जरको प्रतिफल पाउँन निकै मुस्किल हुने बताएका छन् । बीमाको सफल मर्जरमा गनिएका जीवन बीमा कम्पनीकै उच्च कर्मचारीहरुले बीमा मर्जर अगाडी आफूहरुले आँकलन गरेको अवस्था र अहिले मर्जरपछि बीमा बजारको अवस्थामा व्यापक फेरबदल भएको बताएका छन् ।

‘बीमा क्षेत्रमा मर्जरका कारण एकमात्रै फाइदा बीमा कम्पनीहरुको चुक्ता पुँजी बढेको छ । यसभन्दा बाहेकको कोणबाट हेर्दा धेरै कुराहरुमा मर्जरले नोक्सानी पुर्याएको देखिन्छ ।’ एक कम्पनीका सिइयो भने, ‘एउटा भनेको बीमा क्षेत्रमा रोजगारी घटाएको छ । त्यस्तै, बीमा कम्पनीहरुमा व्यवसायीक चुनौती थपेको अवस्था छ ।’ व्यवसायीक होडबाजीमा लागेर बीमा क्षेत्रमा अवस्थ प्रतिस्पर्धा बढ्ने हो कि भन्ने कुराको बीमा कम्पनीहरु भित्रभित्रै आफै चिन्तित रहेको पाइन्छ ।

बीमा कम्पनीहरुलाई हतारमा मर्जरमा लग्न नेपाल बीमा प्राधिरकणले धेरै वटा बुँदामा आँखा चिम्लिएको ९ओपन सेक्रेट० खुला गोपनियता जस्तै छर्लङ्ग छ । सोही प्राधिकरणको लचकताका कारण पनि आगामी दिनमा बीमा कम्पनीहरुले सिनर्जी नभई कतिभए भइरहेका व्यवसाय पनि गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

कुनै कुनै बीमा कम्पनीहरुले आफ्नो पुरानै व्यवसायको प्रचार गरे पनि मर्जरपछि बीमा कम्पनीहरु नयाँ ठाउँमा पुग्ने सम्भवना निकै कम रहेको छ । यसको एउटा गतिलो उदाहरणको रुपमा हेर्दा ठूलो चुक्ता पुँजी भएको कम्पनीहरु संचालनमा आइसक्दा समग्र बीमा क्षेत्र आफै आफ्नो लगानीको आकार र व्यवसायको आकारमा भयभित भएको अवस्थालाई लिन सकिन्छ ।

मर्जर अघि १९ जीवन बीमा र २० वटा निर्जीवन बीमा गरी ३९ वटा बीमा कम्पनीहरु रहेका थिए । प्राधिकरणले पूँजी बढाउन मर्जरमा धकेलेपछी बीमा कम्पनीहरुको संख्या २८ प्रतिशतले घटेको छ । अहिले जीवन बीमा तथा निर्जीवन बीमा दुबै १४र१४ वटा गरी बीमा कम्पनीहरुको संख्या २८ वटा सीमित भएका छन् । अझै केही बीमा कम्पनीरुको भने मर्जर वा पुँजी वृद्धिको टुंगो लाग्न सकेको छैन । बीमा प्राधिकरणले उक्त कम्पनीहरुको केही दिन भित्रै निष्कर्ष निकाल्ने जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?