काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीले बीमा क्षेत्रमा अपार सम्भावनाहरु लुकेर बसेको दाबी गरेका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा सुवेदीले नेपाली बीमा क्षेत्रले पछिल्लो समय प्रविधि मैत्री, बजार मैत्री तथा अन्तराष्र्टिय अभ्यासलाई समेत आत्मसाथ गर्ने रणनीति अपनाउँदै आएको बताएका हुन् ।
आर्थिक भ्वाइससँग इन्स्योरेन्स इन्स्टीच्युट नेपालको सीईओ समेत रहेका सुवेदीले भने,‘यो वर्ष करिब सय जना भन्दा धेरै दक्ष जनशक्ती उत्पादन गर्ने किसिमले हामीले तालिम दिएका छौं । अघिल्लो आर्थिक वर्षको आर्थिक हिसाबकिताब हेर्नु हुन्छ भने यो नौ महिनामै हाम्रो आम्दानी डबल भएको अवस्था छ ।
सुवेदीले थपे,‘अहिले हामी बीमाको जागरण पनि फैलाइरेका छौ । देशव्यापी रुपमा हेर्ने हो भने बीमाको बुझाई पनि निकै सुधार आएको छ । यो बिस्तारै हुने कुरा पनि हो । जस्ले बीमाको महत्व बुझ्छ उहाँहरुले बीमा गराउँनु भएको हामीले पाउँछौ ।’
उनले छिट्टै विदेशी देशसँगको समन्वयमा आवश्यक तालिमहरु संचालन हुने बताएका छन् । त्यसको साथ साथै बीमाको कोर स्किलका काम भन्दा पनि सफ्ट रुपमा नै यसलाई जनमानसमा बुझ्ने किसमले आफूहरुले कार्य योजना तय गरिएको सुवेदीको भनाई छ ।
यता प्रमाणपत्र वितरण गर्ने गरि सर्टिफिकेसनका कामहरु गरिने, प्रख्यात विश्वविद्यालयसँग एमबीएको कोर्ष संचालन गर्ने आफूहरु अन्तिम तयारीमा पुगेको उनले बताए । रिसर्च सेन्टरको रुपमा पनि कामकारबाहीहरु अघि बढेको सुवेदी सुनाउँछन् । उनले सम्बन्ध विकासदेखि अन्य धेरै आवश्यक कामहरु अघि बढेको बताए ।
आफूले व्यक्तीगत रुपमा पनि अनुमान गरेकै हिसाबले बीमाको तालिम इस्टिच्युट अघि बढीरहेको उनले सुनाए । आफूसँग आवद्ध टीमले गरेको कामलाई उनले धेरै धन्यवाद दिएका छन् । सोही टीमले आगामी दिनमा थप उचाई लिन सघाउँने अपेक्षा समेत निर्देशक सुवेदीले व्यक्त गरेका छन् ।
अहिले पनि धेरै कामहरु बाँकी रहेको प्रसंग जोडदै उनले अपार सम्भावना आफूले देखे पनि त्यसलाई टिप्न मात्रै बाँकी रहेको बताए । त्यस्तै, बीमाको तालिम केन्द्रले जनतामा रहेको जोखिम र बीमा कम्पनीहरुको योजनामा पुलको काम गरेर त्यसलाई ब्रिज गर्ने धारणा सुवेदीले दिएका छन् । उनले सोही रफ्तारा अघि बढ्दा नमुना स्टीच्युट बन्ने पक्का सम्भावना रहेकोमा पनि जोड दिए ।






































