National life

वैदेशिक रोजगारीमा जाने नागरिकबाट अनावश्यक शुल्क अशुलिदै,निरीक्षण टोली खटाउँछौ–बीमा प्राधिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
998Shares
वैदेशिक रोजगारीमा जाने नागरिकबाट अनावश्यक शुल्क अशुलिदै,निरीक्षण टोली खटाउँछौ–बीमा प्राधिकरण
ncell

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी अनावश्यक शुल्क अशुल्ने गरिएको तथ्य फेला परेको छ । दैनिक हजारौको मात्रामा नेपालीहरु स्वदेशबाट बाहिरीरहेको बेलामा त्यस्तो आँकडा फेला परेको हो ।

उक्त बेथिति बीमासँग सम्बन्धित छ । बीमा कम्पनीहरुले माध्यम बनाएर प्रयोग गर्ने केही डिजिटल सेवा प्रदायकहरुले नै त्यस्तो हर्कत गर्दै आएको खुलेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले कुनै पनि कम्पनीहरुले ग्राहकहरुलाई अनावश्यक रुपमा बढी शुल्क लिन नपाइने कडा व्यवस्था पनि गरेको छ । ठीक यही बेलामा नेपालमा नाम चलेका केही भुक्तानी सेवा प्रदायकहरुले जम्मा २० रुपैयाँ सेवाशुल्क लिनुपर्ने ठाउँमा बीमित कामदारहरुबाट साढे ६ सय रुपैयाँसम्म चर्को रकम अशुल्दै आएको खुलेको हो ।

सोही विषयमा केही जीवन बीमा कम्पनीका उच्च कर्मचारीहरुले त्यस्तो कार्य जुनसुकै कम्पनीले गरेको भए पनि त्यसलाई गैर कानुनी मानिने सहर्स स्वीकार गरेका छन् । उनीहरुले त्यस्तो गलत धन्दाको बारेमा भने आफूहरु अनभिज्ञ रहेको बताउँदै नियामक निकायले सो विषयमा गम्भिरतापूर्वक गृहकार्य गर्नुपर्ने राय व्यक्त गरे । केही जीवन बीमा कम्पनीहरुले भने आफूहरु गलत धन्दामा मुछिन नचाहेको तर चर्को अवस्थ प्रतिस्पर्धाबाट जोगिन समेत निकै गाह्रो भएको प्रतिक्रीया दिएका छन् ।

यता बीमा प्राधिकरणका निर्देशक दिनेश लालकर्णले बीमितलाई मर्का पर्ने गरी कुनै कम्पनी वा भुक्तानी सेवाप्रदायकले अनावश्यक शुल्क लिएमा त्यसलाई गैर कानुनी ठहर गरिने स्पष्ट पारे । साथै त्यसरी कुनै पनि बीमितलाई असहज भएमा त्यसलाई डिजिटल ‘इन्स्योरेन्स फ्रड’ मानिले बताएका हुन् ।

उनै नेपाल बीमा प्राधिकरणका निर्देशक कर्णले आर्थिक भ्वाईससँग भने,‘त्यो त गैर कानुनी काम हो । त्यसरी लिन पाइदैन । त्यस्तो छ भने हामीलाई उजूरी आउँन सक्छ । त्यही उजूरीको आधारमा हामीले एक्सन लिन्छौं । जो सुकै होस् त्यसरी कानुनले तोकेकोभन्दा बढी रकम लिन मिल्दैन ।’ उनले थपे,‘म तपाईकै मिडीयाबाट के जानकारी गराउँन चाहान्छु भने कुनै व्यक्ती वा संस्थाले तोकेको भन्दा बढी चार्ज गरेको वा कुनै बीमितलाई मर्का पारेको रहेछ भने हामीले सम्बन्धित कम्पनीमा निरीक्षण टोली पठाउँछौं । त्यो टोलीले हामीलाई अध्ययन प्रतिवेदन दिन्छन् । त्यही प्रतिवेदनको विश्लेषणका आधारमा हामीले उसले तोकेको सिमाभन्दा बढी तोकेको छ भने कानुनको दायरामा ल्याउँछौ ।

nic asia capital
त्यसरी त गर्न मिल्दै मिल्दैन ।’उनले कारबाहीको प्रकृतिको बारेमा सोध्दा बीमा ऐन २०७९ ले तोकेबमोजिम कारबाही गरिने बताए ।

त्यस्तै, ऐनलाई टेकेर नै सबै काम हुने भएकाले ऐन विपरीत कसैलाई पनि काम नगर्न सचेत गराएका छन् । विदेश जाने नागरिकहरुलाई दुई चार पैसाको हिसाबकिताब नहुने भन्दै त्यस्तो मौकाको गलत फाईदा उठाउँदा उपभोक्ता अधिकार हनन् हुने निश्चित छ । यस्तो क्रियाकलापलाई सम्बन्धित सरोकारवालाहरुले गम्भिरतापूर्वक लिनुपर्ने देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?