National life

सन नेपाल लाइफको लाभांश घोषणा, बोनस वितरणपश्चात हकप्रद पनि जारी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
553Shares
सन नेपाल लाइफको लाभांश घोषणा, बोनस वितरणपश्चात हकप्रद पनि जारी गर्ने
ncell

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले बोनस सेयरपश्चात हकप्रद सेयर समेत जारी गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत आ.व.का लागि २३.८० प्रतिशत बोनस सेयर र ४ करोड ८४ हजार २११ रुपैयाँबराबरको नगद लाभांश(कर प्रयोजनका लागि) घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ छ । घोषित बोनस सेयर वितरणपछि ३ अर्ब ९६ करोड पुग्नेछ ।

यस्तै, कम्पनीले बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात १ः०।२७ अनुपातमा हकप्रद जारी गर्ने जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद जारी गर्न बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

 

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?