काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमा लेखमा लाग्ने विलम्ब शुल्क (ब्याज-जरिवाना) मा शतप्रतिशत छुट दिने भएको छ ।
कम्पनीबाट जारी भएका बीमालेख नविकरणर पुनर्जागरण गर्दा विभिन्न सर्तहरूको अधीनमा रही कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत (जेठ १२) देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।
बीमाशुल्कमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट प्रदान गर्ने भएको हो । कम्पनीले २ वर्षदेखिमा बीमालेखमा १०० प्रतिशत र २ वर्षदेखि ३ वर्षसम्मका बीमालेखमा ७५ प्रतिशत र ३ वर्ष भन्दा माथिका बीमालेखमा ५० प्रतिशत छुट दिने भएको हो ।
उक्त यस योजनामा समावेश भएका बीमालेखहरू २ वर्ष भन्दा कम परिपक्व भएमा कुनै पनि ब्याज छुट नगरिने कम्पनीले जनाएको छ। कम्पनीले सुविधा अवधि भरी एक पटक मात्र छुट लिन पाइने र यस्तो सुविधाबाट नवीकरण गरिएका बीमालेख २ वर्षभित्र सरेन्डर भएमा छुट रकम कट्टा गरिने उल्लेख गरेको छ ।






































