काठमाडौँ। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना सही प्लान सञ्चालनमा ल्याएको छ ।
कम्पनीले कम बिमा शुल्क तिरेर ठुलो रकमको बिमा गर्न सकिने गरी उक्त योजना अघि सारेको हो । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त बिमा योजनाको उद्घाटन गरिएको हो ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सूर्य ज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरेका हुन कम्पनीले ४० हजारमा २५ लाखको कभरेजको नयाँ जीवन बिमा योजना ल्याएको हो ।
‘सही प्लान’ बीमा योजनाअन्तर्गत प्रिमियम शुल्क तिरेको ६ गुणासम्म कभरेज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश ब्रिकम खत्रीले बताए । उनका अनुसार प्रिमियम तिर्ने अवधिपश्चात् सम्पूर्ण जीवनको सुरक्षा सो योजनाले गर्नेछ । साथै, सही प्लान योजना खरिद गरेपश्चात् ७० वर्ष पुग्यो भने तिरेको सम्पूर्ण प्रिमियम रकम फिर्ता हुने उनको भनाइ छ ।
यदि सही प्लान बीमा योजना खरिद गर्दा ३५ वर्ष उमेर भएको ब्यक्तिले १५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँ बीमा गर्याे भने वार्षिक ४० हजार रुपैयाँ बराबरको प्रिमियम शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । सो ब्यक्तिको उमेर ५० वर्ष पुग्दा १५ वर्षको अवधिमा करिब ६ लाख रुपैयाँ प्रिमियम शुल्क शुन आउँछ । तर, १५ वर्षपछि प्रिमियम भुक्तानी अवधि सकिएपनि कभरेज भने आजीवन नै रहने छ ।
साथै, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण रकम करिब ६ लाख रुपैयाँ फिर्ता हुने सीईओ खत्रीले बताए । त्यसपछि सो ब्यक्तिको परिवारले २५ लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गर्नेछ । कम प्रिमियम शुल्कमा आजीवन सर्वाधिक सुरक्षा हुने गरी सुर्यज्योति लाइफले बीमा क्षेत्रमै पहिलो योजना भएको उनको दावी छ ।
कम प्रिमियममा ठूलो योजना, ७० वर्षको उमेरमा प्रिमियम फिर्ता, सीमित भुक्तानी असीमित कभरेज र परिवारलाई आर्थिक रकम हस्तान्तरण यस योजनाका मुख्य विशेषता रहेको सीईओ खत्रीले बताए ।
साथै, सही प्लान योजना खरिद गर्दा अतिरिक्त सुविधा अन्तर्गत भविष्यमा आइपर्ने दुर्घटना, अशक्तता, सर्वाधिक घातक रोगहरुविरुद्ध आर्थिक सुरक्षा गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार शुक्रबारदेखि प्रचलनमा ल्याइएको ‘सही प्लान’ ले बीमाशुल्कको ६ गुणासम्मको आर्थिक सुरक्षाको प्रत्याभूती गर्छ। यो बाहेक बीमा अवधि पुरा भएपछि पनि बीमित बाचुञ्चेल बीमालेख निरन्तर चालू रहनेछ। साथै बीमितको उमेर ७० वर्ष पुरा भएपछि बीमाशुल्कवापत भुक्तानी गरेको सबै रकम बीमित स्वयमले फिर्ता पाउनेछन् ।
७० वर्षको उमेरपछि बीमितको निधन भएको अवस्थामा बीमितले इच्छ्याएको वा उसको कानूनी हकवालाले बीमांक बराबरको सबै रकम भुक्तानी पाउने कम्पनीले जानकारी दिएको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख निर्देशिकाको प्रावधान अनुसार बीमालेख धितोवापत कर्जा सुविधा समेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।






































