काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ।
यस अवधिमा कम्पनीले ५६ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड २५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले महाविपत्ति कोषमा ५ करोड ८७ लाख रुपैयाँ,जगेडा कोषमा ८७ करोड रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ४४ करोड रुपैयाँ सञ्चित गरेको छ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ छ। कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३० पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ५९ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४१ पैसा छ।
































