National life

२०८१ साल प्रविधिमैत्री बनाउँने लक्ष्यः बीमा प्राधिकरणले वेभ साइट परिवर्तन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
847Shares
२०८१ साल प्रविधिमैत्री बनाउँने लक्ष्यः बीमा प्राधिकरणले वेभ साइट परिवर्तन गर्दै
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही आउँदो नेपाली नयाँ वर्ष २०८१ साललाई लक्षित गरेर आफ्नो वेभ साइट परिवर्तन गर्ने भएको छ । बीमित र बीमकबिचको सूचना आदान–प्रदानको प्रणालीलाई थप चुस्त,दुरुस्त बनाउँन साइट परिर्वतन गर्ने लागिएको प्राधिकरणले जनाएको हो ।

बीमा प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले आर्थिक भ्वाईससँग भने,‘हामीले अगामी साउन १ गतेबाट सम्पूर्ण कारोबार डिजिटल्ली गर्ने लक्ष्य राखेर गृहकार्य अघि बढाएको अवस्था छ । यसको लागि हामीले एक महिना अघि सबै बीमा कम्पनीहरुलाई सोही अनुसारको तयारी गर्न पत्राचार गरिसकेका छौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उहाँहरुले आईआरएमआईएस पोर्टलमार्फत काम गर्न निर्देशन दिएका छौ । यो पोर्टलले सबै बीमा कम्पनीहरुको डकुमेन्टलाई एकद्धार प्रणालीमा लान मद्धत गर्छ ।’

लेस डकुमेन्ट बीमा क्षेत्रको मूख्य लक्ष्य

निर्देशक कर्णले लेस डकुमेन्टको अवधारणा बीमा क्षेत्रले लिएकाले आगामी दिनमा त्यसबाट बीमा कम्पनी र बीमित दुवैलाई सहजता हुने तथा सेवाग्राहीका काममा पनि तिव्रता छाउँने बताए । यसअघि पनि डिजिटल्ली जाने उदेश्य भए पनि पूर्ण रुपमा जानका लागि आगामी साउनबाट मात्रै सम्भव देखिएको उनले बताए । केही अनुसन्धानकारी निकायहरुमा भने डकुमेन्ट पठाउँदा फोटोकपी पठाएर नमिल्ने भएकाले त्यस्तो अवस्थामा सक्कल पत्र नै पठाउँनु पर्ने उनको भनाई छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोग, सम्पत्ती सुद्धिकरण, अदालत, गृह मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, एफआईयू जस्ता संस्थामा डिजिटल पत्रले काम नगर्ने उनले बताए । त्यस्तै, आजभोली पहिलेको जस्तो अध्यक्ष र कार्यकारी निर्देशकको टेबलमा चाँङका, चाँङ फाइलहरु राख्ने चलन हट्दै प्रविधि मैत्री बन्दै गएकोमा कर्णले जोड दिए ।

बीमकको प्रविधि मैत्री यात्रामा नियमनकारी निकायले हस्तक्षेपभन्दा पनि सहजिकरण गर्ने बताए । सचेत गराउँने, चेतावनी दिने काम गर्दै आएको बताउँदै उनले जीवन बीमा, निर्जीवन, पुनर्बीमक तथा लघु बीमकका लागि आफूहरुले काम गर्दै आएको बताए । हाल बीमा प्राधिकरणले आफ्नो वेभ साइटको जिम्मा भेण्डरलाई दिएको र उनीहरुबाट पनि तयारी अन्तिम अवस्थामा पुगेको छ । डिजिटलमैत्री यात्राको अन्तिम तयारी गरिरहदा बीमा प्राधिकरणले ढिलोमा नयाँ सालको २,३ गतेबाट ल्याउँने बताएको छ । उक्त वेभ साइट अन्तर्राष्ट्रिय स्तरको हुने निर्देशक कर्णको भनाई छ ।

उनले थपे,‘हामीले विदेशमा चलिरहेका वेभ साइटहरु पनि हेर्यौ । अन्य निकायको वेभ साइटको पनि विशेष गुणहरु हेरेर भेण्डरलाई सक्दो राम्रो बनाउँन पनि सुझाव दिएका छौं ।’

अभिकर्ताहरुले प्रत्येक प्रदेशबाट लाइसेन्स लिने व्यवस्था लागू हुँदै

उनले अनलाइनमा अभिकर्ताहरुको परिक्षा प्रणाली संचलान भइरहेको बेलामा प्रत्येक प्रदेशबाट अभिकर्ताले लाइसेन्स लिन सक्ने व्यवस्था कायम हुने भएको छ ।

nic asia capital
कोशी, कर्णाली र काठमाडौं केन्द्रबाट एउटै सफ्वेयरबाट देशव्यापी रुपमा एकै पटक परिक्षा संचालन हुने व्यवस्था पनि अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै, सर्भेयरहरुलाई पनि अनलाईनबाटै लाइसेन्स दिइने तयारी अन्तिम चरणमा पुगेको छ । आगामी दिनमा सर्भेयरहरुले समेत अनलाईनबाटै परिक्षा दिने कुरामा प्राधिकरणले विविध सहजिकरण गर्ने भएको हो । त्यसकालागि बीमा प्राधिकरणले भेण्डरको छनोट समेत गरिसकेको अवस्था छ । विगतमा एकजना जो कोहीलाई अभिकर्ता तथा सर्भेर बन्न समस्या सिर्जना भएको भन्दै डिजिटल प्रणालीहरु अघि बढाइएको अवस्था छ ।

मोवाइल एपबाटै देशको कुनै पनि कुनाबाट अभिकर्ताहरुले परिक्षा दिनसक्ने गरि मोवाइल एपको पनि व्यवस्था अघि बढाईएको छ । हालसम्म डेक्सटप वा ल्यापटपबाट मात्रै परिक्षा लिइएको अवस्था छ ।

यता बीमा कम्पनीहरुले डिजिटल बीमालेख (इन्स्योरेन्स प्रोडक्ट) बिक्री गर्दै आएको सन्दर्भ जोडदै कर्णले बीमा प्राधिकरणमा जनशक्तीको भर्ती गर्दा डिजिटल प्रविधि अपनाइएको बताए । हाल १६ जनाले लोकसेवाको लागि
पहिलो पटक डिजिटल्ली प्रकृयामा गएको अवस्था छ ।

साथै, बीमा प्राधिकरणको लेखा रिपोर्ट, बिदाका रिर्पोट पनि छुट्टै सफ्टवेयर संचालन गरिएको छ भने बैंकको काउण्टरमा हेल्प डेक्स राखेर गरिने काम पनि पूर्ण प्रविधि मैत्री रुपमा संचालन गरिएको अवस्था छ । कनेन्ट आइपिएस, ई–सेवा, खल्ती जस्ता गेट वेबाट अधिकांश पेमेन्ट भएको अवस्था छ । बीमा प्राधिकरणको भेण्डरलाई दिने रकम पनि अनलाईनबाटै आदान प्रदान हुन थालेको अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
847SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?