National life

संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै निसाका महासचिव भट्टसँग स्पष्टीकरण माग

महासचिव नविन भट्टलाई ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
६ दिन अगाडि|२८ भदौ २०८३, आइतबार
891Shares
संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै निसाका महासचिव भट्टसँग स्पष्टीकरण माग
ncell

काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा) का महासचिव नविन भट्टलाई संघको निर्णय, मूल्य–मान्यता तथा विधानविपरीत गतिविधि गरेको आरोपमा ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

संघका सभापति ऋषि कोइरालाले भट्टलाई पत्र पठाउँदै सभापतिलाई जानकारी नदिई संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका हुन् । संघको पछिल्लो कार्यसमिति बैठकबाट भएका निर्णय तथा यसअघिको बैठकले महासचिवलाई दिएको जिम्मेवारीविपरीत गतिविधि भएको पत्रमा उल्लेख गरिएको छ ।

संघको विधानको दफा १२(क) उल्लङ्घन भएको जनाउँदै त्यस्तो गतिविधि कसको प्रभाव वा दबाबमा र कुन परिस्थितिमा भएको हो भन्ने विषयमा समेत स्पष्ट पार्न भट्टलाई भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, संस्थापक सदस्य, सल्लाहकार तथा सम्पूर्ण सदस्यलाई आमन्त्रण गरी भदौभित्र कार्यसमितिको आकस्मिक बैठक बोलाउन निर्देशन दिइएको छ ।

संघको एघारौँ बैठक बोलाउने जिम्मेवारी भने महासचिवलाई नै दिइएको छ । तर, उक्त जिम्मेवारीबाहेक महासचिवलाई दिइएका अन्य जिम्मेवारी आगामी कार्यसमितिको निर्णय नहुँदासम्मका लागि निलम्बन गरिएको सभापति कोइरालाले पठाएको पत्रमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
891SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?