National life

कृषि तथा पशुपंक्षी बीमा पोलिसी स्थगित गर्ने बीमक संघको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ जेठ २०८०, सोमबार
1.9kShares
कृषि तथा पशुपंक्षी बीमा पोलिसी स्थगित गर्ने बीमक संघको निर्णय
ncell

काठमाडौं । नेपाल बीमक संघले यही जेठ ७ गतेदेखि कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्ने र दावी भुक्तानी कार्य स्थगित गर्ने निर्णय गरेको छ ।

बीमा कम्पनीहरुले कृषि बीमा शुल्क अनुदान बापतको रकम नपाएपछि कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्य स्थगित गर्न बाध्य भएको जनाएको हो।

हाल १४ वटा निर्जिबन बीमा कम्पनीहरुको कूल दुई अर्ब ९४ करोड ४५ लाख ८१ हजार रुपैयाँ कृषि बीमा शुल्क रोकिएको जनाउँदै कृषि तथा पशुंक्षी बीमा सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको नेपाल बीमाक संघले एक बिज्ञप्ती जारी गर्दै बताएको छ ।

संघले २०७७ सालदेखिको कृषि तथा पशुपंक्षी बीमाको रकम प्राप्त हुन नसकेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विवरण अनुसार माछा बीमाको अनुदान २०७७ सालदेखिको बक्यौता रहेको छ भने बाली बीमाको अनुदान रकम २०७८ साल आश्विनदेखि बक्यौता रहेको छ । त्यस्तै पशुपंक्षी बीमाको अनुदान बापतको रकम २०७८ साल आश्विनदेखि बक्यौता रहेको छ ।

संघले अनुदान बापतको रकम उपलब्ध गराउन पटक पटक नेपाल बीमा प्राधिकरण, कृषि मन्त्रालय, कृषि विभागमा ताकेता गर्दा पनि वेवास्ता गरिएकोले बाध्य भएर बीमा पोलिसी रोक्नु परेको बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?