काठमाडौं। क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले क्रेस्ट लघु जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ।
समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५/५ बर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी विमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुने कम्पनीले जनाएको छ।
नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह, वर्तमन जस्ता धार्मिक, साँस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, बीमा योजनामा न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँँसम्मको रहने कम्पनीले जनाएको छ ।
अग्रिम रकम फिर्ता, न्यून बीमाशुल्क, सर्बोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य यो योजनाको उद्देश्य रहेको छ । त्यस्तै, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दुर दराजसम्म बीमा साक्षरता अभिबृद्धिमा अहम भुमिका खेल्ने कम्पनीले दावी गरेको छ ।
बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने । बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गएपनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने छ। भने अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमाङ्कको १०० प्रतिशत सम्म अंगभंग सुविधा रहेको छ । दुर्घटनाको कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने देखिन्छ।





































