काठमाडौँ। प्रभु इन्स्योरेन्स लिमिटेड कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
समिक्षा अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको भन्दा यो नाफा १० प्रतिशत प्रतिशतले बढी हो।
यस अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चालू आवको असोज मसान्तसम्म कम्पनीले २३ करोड २४ लाख रुपैयाँ आम्दानी गरको छ भने १५ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ। यस अवधिमा कम्पनीको कम्पनीको बीमा कोष२ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको भएको छ।
कम्पनीले पहिलो त्रैमासम्म जगेडा कोषमा २५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३२ करोडभन्दा बढी रकम सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ छ।
कम्पनीको नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ७३ पैसाबाट बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ।रुपैयाँ पुगेको छ ।
































