National life

गरिबका लागि ३ करोड घर बनाउने नवगठित मन्त्रिपरिषद्को पहिलो निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
496Shares
गरिबका लागि ३ करोड घर बनाउने नवगठित मन्त्रिपरिषद्को पहिलो निर्णय
ncell

काठमाडौँ । तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी नेतृत्वमा नवगठित मन्त्रिपरिषद्‌को पहिलो बैठक सम्पन्न गरेको छ ।

मन्त्रिपरिषद्‌को बैठकले गरिबका लागि थप ३ करोड नयाँ घर बनाउने निर्णय गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार सम्पन्न मोदी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री आवास योजना अन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको हो।

गाउँ र सहरमा बनाइने यी घरमा शौचालय, बिजुली, पानी र ग्यास जडान हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री मोदीले पहिलो कार्यकालका बेला सन् २०१५र१६ मा यो योजना सुरु गरेका थिए। यस योजनाअन्तर्गत विगत १० वर्षमा ४.२१ करोड घर बनाइसकिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

मोदीले लगातार तेस्रो पटक आइतबार भारतको प्रधानमन्त्रीको शपथ खाएका थिए। उनीसँगै ७१ मन्त्रीले पनि राष्ट्रपति भवनमा शपथ खाएका थिए।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?