काठमाडौँ । यमनमा इरान समर्थित सशस्त्र समूह हुथीले लाल सागरमा तेल बोकेका दुई वटा ट्याङ्करमाथि आक्रमण गरेका छन् ।
सोमबार साउदी अरबको ध्वजा बाहक ट्याङ्कर अम्जद र पानामाको ध्वजा बोकेको ब्लु लगून प्रथममाथि उक्त आक्रमण भएको हो । हुथी लडाकुहरूले ती ट्याङ्करमाथि ब्यालिष्टिक मिसाइल हानेको अमेरिकी केन्द्रीय कमान्डले पनि पुष्टि गरेको छ।
एजेन्सीका अनुसार आक्रमणको समयमा दुवै ट्याङ्कर एक अर्काको नजिक रहेको बताइएको छ ।
साउदी अरबको ट्याङ्करमा झन्डै २० लाख ब्यारेल तेल थियो। पानामाको ट्याङ्करको क्षमता १० लाख ब्यारेल भएको बताइएको छ। यी ट्याङ्करमाथि यमनको उत्तर पश्चिममा रहेको सालिफभन्दा करिब १३० किमी परबाट हानिएको ब्यालिष्टिक मिसाइल लागेको थियो ।
ब्लु लगून प्रथममाथि आक्रमणको जिम्मा हुथीले लिएको भए पनि अम्जदमाथिको आक्रमणको जिम्मा लिएको छैन । आक्रमणको समयमा दुवै ट्याङ्करमा कच्चा तेल थिए । लाल सागरमा हुथी आक्रमण बढेको छ । एजेन्सीको सहयोगमा

































