National life

निर्माणाधीन पुल भत्किँदा १७ जना मजदुरको मृत्यु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
687Shares
निर्माणाधीन पुल भत्किँदा १७ जना मजदुरको मृत्यु
ncell

आइजल (मिजोरम) । मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर परअवस्थित सैराङ क्षेत्रमा भएको हो । पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले रेलवे अधिकारीहरूको एउटा टोली घटनास्थलमा पुगेको छ । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैबीच, घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई रु दुई लाख क्षतिपूर्ति दिइने जनाएको छ । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । (रासस/ एएनआई)

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?