National life

मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २१ सय पुग्यो, उद्धारकार्य जारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
599Shares
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २१ सय पुग्यो, उद्धारकार्य जारी
ncell

एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ । भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरु अझै जीवित मानिसको खोजिमा जुटेका छन् ।

उद्धारकर्ताहरु सबैभन्दा प्रभावित क्षेत्रमा पुग्न अझै नसकेको बताइएको छ । भूकम्पका कारण सडक र पुलहरु अवरुद्ध भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भूकम्पले बढी प्रभावित भएको सानो शहर अमिज्मिजमा जताततै भूकम्पले प्रभावित भग्नावशेष रहेको बताइएको छ ।

मुख्य सडकको छेउमा रहेको खुला ठाउँमा स्थानीय बासिन्दाहरुलाई विश्राम गर्नको लागि अस्थायी टेन्टहरु राखिएको छ । अहिलेसम्म उनीहरुले पराकम्पको डरका कारण सडकमै रात बिताइरहेका छन् ।

रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?