National life

युक्रेनको दाबी: 'हाम्रो ३ खर्ब ५० अर्ब डलर सम्पत्ति रुसको कब्जामा छ'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
1.1kShares
युक्रेनको दाबी: 'हाम्रो ३ खर्ब ५० अर्ब डलर सम्पत्ति रुसको कब्जामा छ'
ncell

काठमाडौं । रुसले आफ्नो कब्जामा लिएका क्षेत्रहरुमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्वपूर्ण स्रोतहरु रहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

यस्तो बेला वासिङ्टनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ । किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको सहयोगको क्षतिपूर्तिका रुपमा युक्रेनका स्रोतहरु प्रयोग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई अस्वीकार गरिरहेको छ ।

तर युक्रेनको स्रोत आधारको ठूलो भाग यसको औद्योगिक पूर्वी डोनबास क्षेत्रमा छ र त्यहाँ रुसले क्षेत्र कब्जा गरेको छ र अझै अघि बढिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“दुर्भाग्यवश, अस्थायी रुपमा कब्जा गरिएको क्षेत्रमा करिब तीन खर्ब ५० अर्ब डलर मूल्यका यी उपयोगी सामग्रीहरु छन् भन्ने जानकारी हामीसँग छ”, उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले किएभमा पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार भण्डारहरुको केही तथ्यांकहरु ‘पुरानो’ भए पनि यो अनुमान भूगर्भीय सर्वेक्षण र खुला स्रोत तथ्यांकमा आधारित छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिथियम, टाइटेनियम, युरेनियम र दुर्लभ पृथ्वी धातुहरु जस्ता महत्त्वपूर्ण स्रोतहरुमा पहुँचको साटो ट्रम्पबाट ठोस सुरक्षा ग्यारेन्टी चाहेका छन् । तिनीहरु इलेक्ट्रोनिक्स उत्पादनका लागि महत्वपूर्ण छन् ।

ट्रम्प र उनका सहयोगीहरुले सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्कीको अनिच्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । युक्रेनको एक स्रोतले एएफपीलाई बताए अनुसार युक्रेनी नेता हालको अमेरिकी मागहरुमा सहमत हुन ‘तयार छैनन्’ ।

उनका चिफ अफ स्टाफ एन्ड्री यर्माकले आइतबार वार्ता ‘सामान्य’ शैलीमा अघि बढिरहेको बताए। “कसैले पनि केही अस्वीकार गरेका छैनन् । सामान्य कार्य प्रक्रिया चलिरहेको छ र यसमा एक दिन वा महिना लाग्न सक्छ”, उनले किएभमा पत्रकार सम्मेलनमा भने । एएफपी

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?