National life

युट्युबकी पूर्व सीईओ सुसानको ५६ वर्षको उमेरमा निधन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
554Shares
युट्युबकी पूर्व सीईओ सुसानको ५६ वर्षको उमेरमा निधन
ncell

काठमाण्डौ। युट्युबकी पूर्व सीईओ तथा लामो समय गुगलको कार्यकारी रहेकी सुसान वोजिकीको निधन भएको छ। फोक्सोको क्यान्सरसँग विगत २ वर्षदेखि जुधिरहेकी वोजिकीको ५६ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

सोसल मिडिया प्लाटफर्म एक्समा एक पोस्ट गर्दै पिचाइले सुसानको निधनबाट आफू निकै दुस्खी भएको भन्दै उनी गुगलको इतिहासको केन्द्र भागमा रहेकी उल्लेख गरेका छन् । कुनै बेला कहिल्यै नसुनिएका गुगलका सर्वाधिक महत्वपूर्ण व्यक्तिको रुपमा समेत चर्चा हुने गरेकी सुसान सन् १९९८ मा गुगल कम्पनीको स्थापनाको बेलामै उपस्थित थिइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुसानले प्रमुख कार्यकारी अधिकृतको रुपमा ९ वर्षसम्म गुगलको भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबलाई हाँकिन् । गत वर्ष सन् २०२३ मा मात्रै उनले आफ्नो परिवार, स्वास्थ्य र व्यक्तिगत रुचिको विषयमा केन्द्रित हुने भन्दै युट्युबको सीईओ पदबाट राजीनामा दिएकी थिइन् ।

सुसान विश्वको प्रविधि उद्योगमा उच्च व्यवस्थापकीय भूमिका निर्वाह गर्ने निकै कम महिलामध्ये एक थिइन् । सन् २०१३ मा बीबीसीसँग कुरा गर्दै उनले भविष्य डिजिटल रुपमा प्रभावी हुने भन्दै युवती तथा किशोरीहरुलाई प्रविधि क्षेत्रमा प्रवेश गर्न प्रोत्साहन गर्नुपर्ने बताएकी थिइन् ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?