National life

अडानीलाई ठूलो राहत, अमेरिकामा चलिरहेको आपराधिक मुद्दा खारेज

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२६ साउन २०८३, मङ्गलबार
1KShares
अडानीलाई ठूलो राहत, अमेरिकामा चलिरहेको आपराधिक मुद्दा खारेज
ncell

न्युयोर्क । भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा खारेज भएको छ। ट्रम्प प्रशासनले अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनस्थित संघीय अदालतका न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको निवेदन स्वीकृत गरेका हुन्।

अमेरिकी अभियोजकहरूले सन् २०२४ मा अडानी र उनीसँग सम्बन्धित व्यक्तिहरूले भारतमा आकर्षक सौर्य ऊर्जा सम्झौता हात पार्न सरकारी अधिकारीहरूलाई करिब २६ करोड ५० लाख अमेरिकी डलर घुस दिने योजना बनाएको आरोप लगाएका थिए। उनीहरूमाथि लगानीकर्तालाई गलत जानकारी दिएको तथा अमेरिकी वित्तीय कानून उल्लंघन गरेको आरोपसमेत लगाइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुद्दा खारेज गर्ने निर्णयप्रति भने न्यायाधीश गाराउफिसले केही असन्तुष्टि जनाएका छन्। उनका अनुसार अभियोजन फिर्ता लिने प्रक्रियामा अनुसन्धानमा संलग्न एफबीआई र अमेरिकी धितोपत्र तथा विनिमय आयोगका अधिकारी तथा मुद्दा अघि बढाएका अभियोजकबाट पर्याप्त सुझाव नलिइएको देखिएको थियो।

यसअघि अडानीका कानुनी प्रतिनिधिले अमेरिकी अधिकारीहरूसँगको छलफलमा आरोप हटाइएमा अमेरिकामा १० अर्ब डलरसम्म लगानी गर्ने इच्छा रहेको बताएको विवरण सार्वजनिक भएको थियो। यद्यपि न्यायाधीशले उक्त लगानी प्रतिबद्धता अभियोजन खारेज गर्ने निर्णयको आधार बनेको नदेखिएको निष्कर्ष निकालेका छन्।

मुद्दा खारेज भएपछि अडानीले अमेरिकी अदालतको निर्णयको स्वागत गरेका छन्। उनले कठिन परिस्थितिमा पनि सत्य, निष्पक्षता र विधिको शासनप्रतिको आफ्नो विश्वास कायम रहेको बताएका छन्।

अडानी समूह भारतका प्रमुख व्यापारिक समूहहरूमध्ये एक हो। समूहको व्यवसाय बन्दरगाह, ऊर्जा, सिमेन्ट, विद्युत् तथा सञ्चारमाध्यमलगायत क्षेत्रमा फैलिएको छ। अमेरिकामा रहेको उक्त आपराधिक अभियोजन अन्त्य भएसँगै अडानीविरुद्धको सो मुद्दा औपचारिक रूपमा टुंगिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?