National life

क्यानडाले जारी गर्यो भारतका लागि नयाँ ट्राभल एड्भाइजरी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
738Shares
क्यानडाले जारी गर्यो भारतका लागि नयाँ ट्राभल एड्भाइजरी
ncell

काठमाडाैं । क्यानडाले भारतका लागि मंगलबार नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ।

नयाँ ट्राभल एड्भाइजरीमा क्यानडाले आफ्ना नागरिकलाई भारत यात्रा गर्दा ‘अत्यन्त सतर्क’ रहन सचेत गराएको छ। क्यानाडा सरकारले आफ्ना नागरिकलाई ‘अप्रत्याशित सुरक्षा स्थितिका कारण’ केन्द्र शासित प्रदेश जम्मु कश्मीरको यात्रा नगर्न पनि आग्रह गरेको छ। ‘जम्मु कश्मीरमा आतंकवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ, यसमा लद्दाखको यात्रा समावेश छैन’, एड्भाइजरीमा भनिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै भारतको उत्तरपूर्वी क्षेत्रका केही क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकलाई आग्रह गरेको छ। पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पञ्जाब र राजस्थानका क्षेत्रमा नजान सचेत गराइएको छ।

क्यानडाको यो नयाँ ट्राभल एडभाइजरी दुई देशबीच तनाव बढिरहेको बेला आएको हो। गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशंका व्यक्त गरे र क्यानडा सरकारले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो।

त्यसको बदलामा भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो। ती कूटनीतिज्ञलाई भारत छोड्न ५ दिनको समय दिइएको छ।

भारत सरकारले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई बेतुका भनेको छ। आफ्नो देशको संसदमा भारतलाई आरोप लगाउने ट्रूडोको मंगलबार अर्को बयान सार्वजनिक भएको थियो। उनले भनेका थिए– ‘सिख पृथकतावादी नेताको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आशंका व्यक्त गर्नुको पछाडि क्यानडाको नियत भारतलाई उक्साउने थिएन तर क्यानडाले यो मामिलालाई भारतले राम्ररी सम्हाल्न चाहन्छ।’

‘भारत सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्छ। यो हामीले गरिरहेका छौँ। हामी कसैलाई उक्साउन वा मुद्दा तान्न चाहँदैनौँ’, ट्रुडोले भनेका थिए, ‘यो अत्यन्तै गम्भीर छ र अन्तर्राष्ट्रिय कानुनमा यसको दूरगामी परिणाम हुनेछ।’ – एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?