काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत क्षेत्रको भविष्य निकै उज्जवल रहेको बताएका छन् । आर्थिक भ्वाइससँगको कुराकानीमा सरकारले नै नितीगत सहजताका मार्ग खुला गर्नुको साटो उल्टै प्रकृयागत झन्झटहरु सिर्जना हुँदै आएको उनले खुलेका छन् ।
नेपाललाई विश्वले सम्झिदा भगवान बुद्धदेखि उच्च शिखर सगरमाथाको देशको रुपमा चिन्ने गर्छन् । त्यस्तै विश्वमाझ नेपालको नयाँ पहिचान राख्न जलविद्युत क्षेत्र पनि सक्षम रहेको कार्कीको आँकलन छ । उनले नेपाललाई चिनाउने अर्को क्षेत्र भनेको जलस्रोत र जलविद्युत हो भन्दै जलविद्युत उत्पादनको सम्भावना २ लाख मेगावाटभन्दा धेरै रहेको भएपनि हाल नेपालमा करिब ३ हजार मेगावाटमा विद्युत उत्पादन सिमित भएको बताए। कार्कीले विद्युत उत्पादनमा निजी क्षेत्र जोडिएको साढे दुई दशकमै लोभलाग्दो प्रगति भएको बताउँदै ३ हजार मेगावाट मध्ये २३ सय मेगावाट विद्युत निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको आँकडा पेश गरे ।
यहि निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको नेतृत्व गर्ने संस्था हो इप्पान । देशभरका ५०० भन्दा धेरै विद्युत उत्पादक कम्पनीहरु सदस्य रहेको इप्पानको नेतृत्वमा छन् उनै गणेश कार्की । सिंगटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालकसमेत रहेका इप्पान अध्यक्ष कार्कीसँग नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, लगानीको वातावरण,हिमालयन हाइड्रो एक्स्पो, लगानी सम्मेलन लगायतका विषयमा आर्थिक भ्वाइस डटकम प्रतिनिधि विजय फुयाल र नबिन पोखरेलले गरेको कुराकानीको सम्वादित अंश ।
हिमालयन हाइड्रो एक्स्पोले नेपालको जलविद्युत विकासमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ? हामीले विगतमा पनि पहिलो, दोस्रो र तेस्रो एक्पो गरिसकेका छौं । यो चौथो एक्पो हो । पहिले डिमाण्ड फरक थियो भने हाम्रो सोचाई पनि फरक थियो । विगतमा जलविद्युत बेच्ने कुरा भए पनि त्यस्तो सपना थिएन । अब अहिले फरक खालको हुन्छ भन्ने लागेको त्यसको कारण भनेको विश्वमा क्लिन, ग्रिन इनर्जीका कुरा आएका छन् । बंगलादेश र भारतले पनि जलविद्युतमा उदार नीति लिएका छन् । अब संसारको आँखा नेपालमा पर्न थालेको छ । हामीले विभिन्न लगानी सम्मेलनमा सहभागी हुँदा नेपाल विदेशीको लगानीका लागि आकर्षणको केन्द्र बनेको पाएका छौं । ठूला कम्पनीहरु आउँदा हामीलाई फाइदा मिल्छ भने उनीहरुलाई पनि लगानीको उपयुक्त गन्तव्य जहितही छैन।
अब संसारको आँखा नेपालमा पर्न थालेको छ । हामीले विभिन्न लगानी सम्मेलनमा सहभागी हुँदा नेपाल विदेशीको लगानीका लागि आकर्षणको केन्द्र बनेको पाएका छौं ।
लगानी सम्मेलनको मुखैमा आयोजना हुन लागेको एक्स्पोले लगानी सम्मेलनलाई कस्तो सपोर्ट गर्छ ? ४६ खर्ब रुपैयाँ पैसा आवश्यक देखिएको छ । त्यसमा कहाँबाट ल्याउँने भन्नेमा राष्ट्र बैंकका कर्मचारीहरु १० खर्ब मात्रै नेपालबाट जुटने अनुमान गरिरहनु भएको अवस्था छ । हामीले कही न कही विश्व बजारबाट ल्याउँनु पर्छ । नेपाली लगानीकर्ता तथा विदेशमा बसेका नेपालीबाट पनि लगाीका लागि आह्वान गर्नु पर्छ भने अर्को लगानीसँगै विश्वको नयाँ नयाँ प्रविधि भित्रउँनेतर्फ सोच्नुपर्छ । त्यसको लागि आज नै उपयुक्त समय हो ।
जलविद्युत यस्तो क्षेत्र हो जहाँ कसैसँग एक हजार रुपैयाँ छ भने उसले १० कित्ता शेयर किनेर म पनि मालिक हो भन्न पाउँछ ।
नयाँ दिल्लीको पावर समिटपछि नेपालको ऊर्जा क्षेत्रप्रति भारतीय लगानीकर्ताको धारणा कस्तो पाउनुभयो ? उनीहरुले थुप्रै खालको समस्याहरु नेपालमा रहेको कुराहरु उठाएका थिए हामीले यहाँ लगानी मैत्री बातावरण रहेको र ढुक्कसँग आउँन कुराहरु राख्यौं । विदेशी लगानीलाई प्रोत्साहन गर्छौ भन्दै स्वागत गर्यो । इप्पान पनि त्यसमा सघाउँन तयार छ भन्ने धारणा दियौं । अहिले नै निर्णय लिने सही बेला रहेको र उहाहरु उत्साहित रहेको हामीले पायौ ।
लगानी सम्मेलन अघि वन तथा वातावरण र भूमीसँग सम्बन्धित समस्या समाधान हुने गरी कानूनहरु संसोधन हुन्छन् त ? उर्जामा ४६ खर्ब रुपैयाँको कुरा आएको छ । साच्चै विकास गर्ने हो भने त्यसका काम गर्न आवश्यक छ । अहिले जलविद्युतको एउटा लाइसेन्स लिन १४ वटा मन्त्रालय धाउँनु पर्ने अवस्था छ । यो बन,जंगल,भूमि भन्दै कुद्नु परेमा केही पनि लगानी गर्न नेपाल आउँदैन । हामीले लगानी गर्नु अगावै यो यो सुविधा दिन्छौ भन्नुपर्छ । यसकालागि अहिले गरेनौ भने फेरी पनि समय आउँन सम्भावना कम छ ।
राम्रा जति सरकारीलाई दिएर अनि निजीमा मात्रै प्रतिस्पर्धा गराउँने वा कुनै क्लज ल्याएर क्यान्सिल गर्ने चलन छ, त्यो ठिक होइन ।
७ वर्षदेखि पीपीए दर बढेको छैन । पीपीए दर बढाउनुपर्छ भनेर तपाइहरुले कतै माग राखेको पनि देखिदैन । समयानुकुल मूल्यवृद्धि समायोजन गर्दा त पीपीए दर बढाउन पहल गर्नुपर्ने होइन ? विगतमा डलरको रेट ७२ थियो, प्रेटोलको भाउँ सयमा थियो, लेबर, डण्डीको भाउँ कम थियो । अहिले हजारबाट ज्यालादारीको भाउँ एक हजारबाट दुई हजार पुगेको छ । यस्तो अवस्थामा पहिले १६ करोडमा बन्ने प्रोजेक्ट अहिले २० करोड रुपैयाँ बनाउँन पनि मुस्किल छ । सरकारले बनाएका प्रोजेक्टकै लिस्ट हेर्दा महङ्गो देखिन्छ । सरकारले ४० करोड रुपैयाँ भन्दा माथिको प्रोजेक्ट बनाएका छ । संसार भरी मूल्य वृद्धि भएको अवस्थामा यो बढी भयो त्यसलाई घटाउ भनेको अवस्था छ । त्यसले त लाइसेन्स चाहिदो भयो नयाँका लागि कडाई गरेको जस्तो अवस्था छ ।
हिउँदमा भारतबाट आयात गर्ने र वर्षायाममा विद्युत खेर फाल्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ? त्यस्तो हाल हुँदैन । नेपालमा १३ हजार मेगावाटको डिमाण्ट पूरा गर्न हिउँदा पनि धेरै उत्पादन गर्नु पर्छ । यसको मतलब टुकी बालेर बस्ने भन्ने कुरा त हुँदैन । लोड त बढ्छ, बढ्छ । सरकारले भने जस्तै चलाउँदा सोलार ६ देखि ६ मा मात्र काम हुन्छ ८ बजे खाना पकाउँन सकिदैन । यसमा सरकारले आफ्नो टार्गेट तोकेर त्यही किसिमको प्रोजेक्ट बनाउँन आवश्यक छ ।
निजी क्षेत्रले जलाशययुक्त आयोजना बनाउन नसकेपनि अर्धजलाशययुक्त आयोजना त बनाउन सक्थ्यो । तर धेरै कम मात्रै अर्धजलाशय प्रकृतिका आयोजना बनेका कारण हिउँदमा उत्पादन धेरै कम हुने र वर्षामा खेर जाने अवस्था आएको हो नी । यसमा निजी क्षेत्रको पनि त दोष छ नी ? यो भर्खर भर्खर सुरु भएको हो । यसमा खर्चको ठूलो ग्याप छ । सरकारले तीस वर्षमा पुर्याउँनु भन्छ तर ऋण तिर्न नै तीस वर्ष लाग्छ रिटर्न आउँदैन । धेरै जग्गा चाहिन्छ । सरकारले धेरै कुरामा बाटो खुला गर्न आवश्यक छ, नितीगत सुधार गर्न जरुरी छ । बैंकलाई पनि लगानीमैत्री बातावरण बनाउँनु आवश्यक छ ।
इप्पानले अहिले उठाइरहेका आवाजहरु के के हुन् ? कति समाधान भए कति भएनन ?
एउटा निजीगत सुधार गरेका छौं । सबै कुरा उर्जा मन्त्रालयलाई अधिकार दिएमा सहज हुन्छ भन्ने कुरा गरेका छौं । पिपिए खोल्नुस भनेर बजेटमा आएको छ प्रकियामा सिमित छ । बिजुली नकिनेको अवस्था पनि छ । हामीले उत्पादन गर्न नसकेको अवस्था पनि छन् । बैंकका कारण, तेल नपाउँदा अन्य समस्या हुँदा, उहाँहरुले ट्रासमिसन लाइन नबनाउँ पनि डेट नथपेको अवस्था छ । हामीलाई पेलेर सहीँ गर्न लगाउँने अवस्था छ । नत्र भने हाम्रो कुरा सुन्दै नसुन्ने हो भने लगानीको मात्रा कम आउँछ । हामीले लगानी सम्मेलन अगाडी हाम्रो मात्र पूरा हुन्छ भन्ने आश गरेका छौं । मन्त्रालयसम्म पुगेका हाम्रा माग पूरा भएमा त्यसले धेरै तिर सकारात्मक प्रभाव पार्छ भन्ने हाम्रो माग हो ।

































