National life

'क्यान इन्फोटेक २०२५ ले अर्थतन्त्र चलायमान बनाउन मद्दत गरेको छ'(अन्तर्वाता)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
1.1kShares
'क्यान इन्फोटेक २०२५ ले अर्थतन्त्र चलायमान बनाउन मद्दत गरेको छ'(अन्तर्वाता)
ncell

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ चलिरहेको छ ।

क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघ संस्थाहरूले आफ्नो ब्रान्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आइटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकन गर्न मानिसहरू आउने गरेका छन् ।

‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ को विषयमा केन्द्रित रहेर आर्थिक भ्वाइसकर्मी अर्जुन धामीले क्यान महासङ्घका महासचिव चन्द्र विलास भुर्तेलसँग गरेको कुराकानीको सम्पादित अंश

सर्वप्रथम त क्यान इन्फोटेकको बारेमा थोरै बताई दिनुहोस् न ?

‘क्यान इन्फोटेक २०२५’ टेक पदर्शनीको २० औँ संस्करण हो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा व्यवसायीहरू, स्टार्टअप नव उद्यमी, सफ्टवेयर निर्माताहरू लगायतका विश्वविद्यालय सहभागी भएका छन् । जसले भविष्यको सहजताको लागि निर्माण भएका नवीनतम प्रविधिहरूका साथै नेपालमा पनि भइरहेका र भैसकेका प्रविधिहरूको प्रचार गर्ने काम गरिरहेको छ । इन्फोटेकको आयोजनाको लागि लगभग सवा करोड बरावरको रकम खर्च भएको छ ।

इन्फोटेकमा कस्ता–कस्ता स्टलहरू रहेका छन् ? यसका मुख्य बिशेषता के–के हुन् ?

इन्फोटेकमा १५० भन्दा बढी स्टलहरू रहेका छन् । जसको लागि हामीले माघको १ गतेदेखि बुकिङ खुल्ला गरेका थियौँ । जसमा आइटी तथा इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेका एआई, रोबोटिक्स तथा नवीनतम प्रोजेक्टले प्रविधि, ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली, एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कार प्रदर्शनीमा राखिएका छन् । यस्तै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधाका साथै कम्प्युटर र एक्सेसरिज लगायतका ब्रान्डहरूको स्टल समेत इन्फोटेकमा राखिएको छ । यस्तै नेपालमै निर्मित मुनाल स्याटलाइट, ‘नेपाल स्याट’ को प्रोटोटाइप समेत प्रदर्शन गरिएको छ ।

भविष्यको प्रविधि भनेको नै एआई हो । यस वर्ष एआईसँग सम्बन्धित धेरै स्टलहरू समेत इन्फोटेकमा सहभागी भएका छन् । अन्तरिक्ष मिसनसँग सम्बन्धित स्टल पनि हामीसँग जोडिएका छन् । यसलाई पनि इन्फोटेकको मुख्य बिशेषता नै मान्न सकिन्छ । यसका साथै हामीले विभिन्न बिश्वबिद्यालयहरुलाई समेत यस वर्ष इन्फोटेकमा उपस्थिति देखाएका छन् ।

विगतका बर्षहरुभन्दा यस वर्ष इन्फोटेकमा अवलोकन गर्न आउने मानिसहरुको सङ्ख्यामा कमी आएको हो त?

यसबर्ष हामीले बिक्रीमा भन्दा पनि ब्राण्डिङमा बढी केन्द्रित भएका छौँ । त्यस कारणले ब्राण्डिमा चासो राख्ने ब्यक्तिहरुमात्रै आइराख्नुभएको छ । अर्थात् बिक्रीका लागि इन्फोटेकको आयोजना गरिएको भए मानिसहरूको सहभागिता पनि बाक्लो नै हुने थियो । त्यो मास थोरै घटेको भन्ने कुराहरू स्वाभाविकै हो । युवाहरू विदेश पलायन हुनु र आइटी क्षेत्रमा चासो राख्ने जनशक्तिको कमीका कारणले यस वर्ष क्यान इन्फोटेकले सोचेजस्तो प्रगति हासिल गर्न सकेको छैन ।

यस्ता खालका इन्फोटेकहरुको आयोजनाले देशको राष्ट्रिय अर्थतन्त्रमा के फाइदा पुग्छ ?

इन्फोटेक प्रदर्शनीले देशको राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउनमा सकारात्मक भूमिका निर्वाह गर्छ । किनभने इन्फोटेक आफैमा नवीन प्रविधि र नवचारको प्रोत्साहन हो ।

जसले आइटी क्षेत्रमा चासो राख्ने जो कोहीलाई पनि नयाँ प्रविधिहरू र समाधानहरूको परिचय गराउन प्रयास गरिरहेको छ । इन्फोटेकले रोजगार सिर्जना गर्नुका साथै स्थानीय र अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई एकतामा ल्याउँदै नयाँ साझेदारी, सम्झौताहरू र लगानी अवसरहरू समेत सिर्जना गर्ने अवसर प्रदान गरेको छ ।

यसका साथै इन्फोटेकले भविष्यमा प्राविधिक क्षेत्रमा काम गर्न सक्षम जनशक्ति तयार गर्न र देशको प्राविधिक क्षमता र विकासलाई प्रस्तुत गर्न पनि मद्दत पुराएको छ । जसले गर्दा पनि देशको अर्थतन्त्रमा दीर्घकालीन र सकारात्मक प्रभाव नै पार्ने विश्वास क्यानले लिएको छ ।

इन्फोटेकको अवलोकन गर्न आउनेहरूको कति मानिसले अवलोकन गर्ने अपेक्षा गर्नुभएको छ?

यो प्रदर्शनी हामीले आर्थिक सङ्कलन भन्दा पनि बदलिँदो समयको आवश्यकता, आइटी क्षेत्रको भविष्यलाई हेरेर हामीले युवाहरूलाई थप सुसूचित गर्नको लागि आयोजना गर्ने गरेका छौँ । अपदर्शनीको उद्घाटनको दिनमा त स्वाभाविक नै मानिसहरूको उपस्थिति कम थियो । तर शनिवार मात्रै करिब ४५ हजार जनाले क्यान इन्फोटेकको अवलोकन गरेका थिए । समग्रमा हामीले इन्फोटेकको अन्तिम दिनसम्म लगभग २ लाख बढी मानिसले भिजिट गर्ने अपेक्षा गरेका छौ ।

यस्तो खालको आइटी सम्बन्धी प्रदर्शनी राजधानी बाहिर गर्नको लागि क्यानको तयारी के छ ?

हामीले उपत्यका बाहिर पनि यस्तो खालका पदर्शनी हरुको आयोजना गरिरहेका छौँ । भर्खरै मात्र हामीले पोखरामा पनि यस्तै किसिमको इन्फो टेकको आयोजना गरेका थियौँ । यस्तै विराटनगरमा पनि हामीले ७–८ दिनसम्म डिजिटल प्याभिलियन भनेर प्रदर्शनीको आयोजना गरेका थियौँ । बाँके र बर्दियामा पनि मिनी इन्फोटेक हामीले सम्पन्न गरेका छौँ ।यसका साथै देशका अन्य ठाउँमा पनि यस्ता खालका पदर्शनीहरुको आयोजना गर्ने तयारी क्यानले गरिरहेको छ ।

https://aarthikvoice.com/archives/56267

 

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?