काठमाडाैं । ६५ वर्षको गौरवमय इतिहास बोकेको इन्डियाको चर्चित होम अप्लाएन्स तथा नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यसपालिको दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ नामक योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले गोडरेजका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरि सीमित अवधिका लागि उठाउन सक्नेछन्।
यस कमालको अफरमा ग्राहकले कुनै पनि गोडरेजको सामानको खरिदमा २५ प्रतिशतसम्मका अधिकतम छुट र अन्य आकर्षक उपहार पाउन सक्नेछन्।
त्यसैगरी ग्राहकले गोडरेजको साइड बाई साइड रेफ्रिजरेटर खरिद गर्दा सीजीको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन् भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन्।
यसका साथै गोडरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको छ। साथै, माइक्रोवेभ ओवनमा भने अति उपयोगी कुकिङ किट पाउन सकिनेछ।
त्यस्तैगरी एयर कन्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ। यसका साथै कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी र फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ।
त्यस्तै, शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वका अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटेल विभान्तामा २५% सम्म छुट पाउन सक्नेछन्। यी सुविधाका लागि ग्राहकले www.cglex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
नेपालभर गोडरेजको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हातीगौँडा, त्रिपुरेश्वर, गट्ठाघर, टेकु र नयाँबजार र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा छन्।

































