National life

लगानीकर्ता भन्छन् नयाँ स्टक एक्सचेन्ज तत्काल ल्याउनु पर्छ,नयाँ लाइसेन्स दिनु गलत अर्थविद् क्षेत्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ मंसिर २०८१, सोमबार
1.1kShares
लगानीकर्ता भन्छन् नयाँ स्टक एक्सचेन्ज तत्काल ल्याउनु पर्छ,नयाँ लाइसेन्स दिनु गलत अर्थविद् क्षेत्री
ncell

नेपाल धितोपत्र बोर्डले झन्डै ११ महिनाको अन्तरमा अध्यक्ष पाएको छ । बोर्डले अध्यक्ष पाएको महिना दिन नबित्दै नयाँ स्टक एक्सचेन्ज स्थापनाको आवश्यकता बारेमा बहस चुलिएको छ ।

यो बहसमा कतिपय जानकारहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नै थप चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिइरहेका छन् भने केहीले भने दोस्रो नयाँ स्टक एक्सचेन्ज स्थापनाको आवश्यक रहेको तर्क गरिरहेका छन्। नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले ११ महिनादेखि रोकिएको काम सुरुवात गर्न नपाउँदै नयाँ स्टकको आवश्यकता र औचित्यमाथि निरन्तर रूपमा बहस हुँदै आइरहेको छ ।

यस अगाडि २०८० माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीको संयोजकत्वमा नयाँ स्टक आवश्यक रहे नरहेको सम्बन्धमा अध्ययन गर्न समिति नै गठन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त समितिले तीन विकल्प सुझाएर प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाएको थियो ।

समितिले नयाँ स्टकको लागि अनुमति दिन सकिने, हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्नुपर्ने र यी दुवै काम सँगसँगै गर्न सकिने र हाल सेयर बजारमा लगानीको विविधीकरण गर्न सकिने अवस्था नरहेकोले नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

नयाँ स्टक एक्सचेन्ज खुल्ने गरी भएको कानुन संशोधनलाई कतिले नियामकले निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिन र सरकारले यसबाट चुनाव खर्च उठाउन तत्काल नियमावली संशोधन गरेको आरोप लगाएका समेत लगाउँदै आएका छन् ।

नयाँ स्टक किन आवश्यक हो भन्ने आर्थिक भ्वाइसको प्रश्नमा शेयर विश्लेषक तथा लगानीकर्ता छोटेलाल रौनियार भन्छन् 'पहिलो कुरा त नयाँ चाहिने भनेकै भइरहेकोबाट पर्याप्त उपलब्धि नभएर वा त्यसले ठिक परिणाम दिन नसकेरै हो भन्नेमा हामी प्रस्ट हुन आवश्यक छ । र नयाँ स्टकको आवश्यकता महसुस भएको आज मात्रै हैन यो त  रेवत बहादुर कार्कीको पालादेखि नै उठेको विषय हो।'

उनी आफ्नो भनाई थप प्रस्ट पार्दै भन्छन् ''हाल हामीसँग भएको एउटा नेपाल स्टक एक्सचेन्ज हो , यसले कति काम गरेको छ ? कस्तो काम गरेको छ भन्ने विषय सबैलाई प्रस्ट जानकारी भएको विषय हो। कहिले अनलाइन नचल्ने, कहिले टिएमएस नचल्ने र साइडहरूमा बारम्बार समस्या आउने कुराले लगानीकर्ता लगायत सेवाग्राहीलाई वाक्क बनाएको छ'' ।

सरकारी काम कहिले जाला घामको अवस्था दोहोराई रहेको नेपाल स्टक एक्सचेन्जले खाए खा नत्र घिच को व्यवहार गरेको छ। हाम्रो गुनासो उहाँहरूको निमित्त केही जस्तो लाग्दैन। कुनै दिन फरक कार्यशैली देख्न पाइएको छैन । नेपाल स्टक एक्सचेन्जलाई आफू सिंह भएको घमण्ड छ उसको प्रतिस्पर्धामा कोही नभएको कारण वा नआएकै कारण आफूले जे गरे नि हुन्छ भन्ने ढङ्गले मनोमानी चलाई रहेको छ जुन हाम्रो अर्थतन्त्रको लागी दुखद र आपत्तिको विषय हो । यसकारण पनि नयाँ स्टक आवश्यकता रहेको छ ।

नयाँ स्टकको स्थापनाले प्रतिस्पर्धा बढाउने र बहुविनिमयहरूले प्रतिस्पर्धालाई बढवा दिन सक्नुको साथै राम्रो सेवाहरू, कम व्यापार लागतहरू र लगानीकर्ताहरूको लागि थप नवीन वित्तीय उत्पादनहरू निम्त्याउन सहयोग पुग्ने जानकारहरूको भनाई छ । साथै, विभिन्न एक्सचेन्जहरूले विभिन्न नियामक फ्रेमवर्कअन्तर्गत काम गर्न सक्ने भएकोले तिनीहरूलाई विभिन्न व्यापारिक अवस्था र नियमहरू प्रस्ताव गर्न अनुमति दिन नयाँ स्टकले विभिन्न प्रकारका जारीकर्ता र लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्ने उनीहरूको भनाई छ ।

नेपाल स्टक एक्सचेन्जमा आज जुन जुन समस्या देखिएको छ नयाँ स्टक एक्सचेन्ज आउने बित्तिकै स्वतः त्यो समाधान भएर जानुको साथै धेरै एक्सचेन्जहरू भएकाले कम्पनीहरूको लागि पुँजीमा समग्र पहुँच बढाउन सहयोग पुग्ने उनीहरूको भनाई छ ।

यता, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले भने नयाँ स्टकको आवश्यकता नभएको जिकिर गरेका छन् । निजी क्षेत्रको स्वार्थमा नयाँ एक्सचेन्ज ल्याउने काम गर्नु गलत हो । हाल हामीसँग भएको स्टकलाई नै राम्रोसँग उपयोग गर्न सकिरहेका छैनौ फेरी नयाँ के का लागि उनले प्रश्न गरेका छन् ।

विश्वमा धमाधम स्टक एक्सचेन्ज मर्ज भइरहेका बेला नेपालमा निजी क्षेत्रलाई स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिनु गलत हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचना परिवर्तन गरेर अगाडि बढ्नुको साटो पुँजी बजार पनि निजी क्षेत्रलाई जिम्मा लगाएर स्वार्थ समूहको दबाबसामु बोर्ड निरीह बन्न नहुने उनको धारणा छ ।

आर्थिक भ्वाइसँग कुराकानी गर्दै क्षेत्रीले भने निजी क्षेत्रलाई सहजै अनुमति दिँदा बाँसबारी छाला उद्योगको हालत के भयो हामीले बिर्सिएका छौ र ? त्यसमाथि हाम्रो देशमा वा हामीसँग पुँजी नै कति छ र । तीन करोड जनतालाई ५ प्रतिशत भाग लाउँदा पुग्दैन त्यसकारण यो सब बेकारको कुरो हो बरु हामीसँगै भएकोलाई व्यवस्थित बनाएर अगाडि लैजानुको विकल्प देखिदैन् ।

निश्चित व्यक्तिहरूको स्वार्थका लागि लाइसेन्स दिनु गलत छ । धितोपत्रका सम्पूर्ण क्षेत्र समेट्न नसक्दा र परिवर्तित प्रविधि प्रयोग नगरेकै कारण सरकारले प्राप्त गर्न सक्ने पुँजीगत लाभकरको दायरासमेत बढ्न सकेको छैन। बैंक तथा वित्तीय संस्थाका कम्पनीको प्रभुत्व रहेको नेप्सेमा अन्य वास्तविक क्षेत्रका कम्पनी आकर्षित भएका छैनन् यो साँचो हो तर यसको अर्थ यो हैन की हामीलाई अर्को स्टक चाहिएको छ । बरु भएको यसैलाई व्यवस्थित र समयअनुरूप परिमार्जन गर्न सकिन्छ सक्नुपर्छ क्षेत्रीले भने ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?