काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठुलो महान् चाड तिहार सबैको घरदैलोमा आइसकेको छ । हिन्दु हरुका लागी विशेष महत्वको साथ मनाइने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । शुक्रवार बेलुकी यमदीप दान शुरु गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीप दान आजदेखि शुरु हुने भए पनि काग तिहार भने भोलि शनिवार परेको छ ।
हिन्दुहरुको दोस्रो महान् चार्ड तिहारलाई हामी पाँच दिनसम्म मनाउने गरिन्छ । पाँच दिन मनाइने भएकोले यस यसलाई यमपञ्चक पनि भनिन्छ । ती पाँच दिनको आफ्नै बेग्लै महत्व र मान्यता रहेको छ । तिहारको पहिलो दिन हो काग तिहार । यो दिन कागलाई पूजा गरेर खाना खान दिइन्छ । यो दिन काग सँगसँगै हामी लक्ष्मी, कुवेर र धनवन्तरिको पनि पूजा गरिन्छ ।
यस दिन मानिसहरु देवी माता लक्ष्मी र कुवेरलाई प्रसन्न गर्नको लागि विभिन्न उपायहरु अपनाउँछन् । यो दिन देवी माता लक्ष्मीलाई खुसी बनाउन सकियो भने वर्ष भरी नै तपाईँले कुनै किसिमको समस्या हुँदैन भन्ने धार्मिक विश्वास छ ।
पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात् धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँ नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।
त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने यकिन नभएपनी धन्वन्तरिको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको विश्वास रहेको छ ।
धन्तेरसमा यसो गर्नुहोस्, जसले तपाईँलाई लाभ प्राप्त हुन्छ ।
दियो बाल्ने
यो मन्त्र जप गर्ने
श्रीसूक्तको पाठ गर्नुपर्छ
२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्ने
चाँदीको सिक्कालाई पुजा
श्रीयन्त्रको पूजा
ल्वाङ चढाउने


































