National life

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
2KShares
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ncell

मुक्तिनाथ । मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ८३ नम्बरको बसले थासाङ गाउँपालिका–२ कोखेठाँटी नजिक टुकुचेतर्फ आउँदै गरेको ग ७ प ५०२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका थासाङ गाउँपालिका–१, टुकुचे निवासी २८ वर्षीय प्रमाण थकालीको प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो।

मोटरसाइकलमा सवार टुकुचेकी २५ वर्षीया अपेक्षा थकालीको भने थप उपचार पोखरास्थित मेट्रो सिटी अस्पतालमा भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुर्घटनापछि बस र बसका चालक पोखरा महानगरपालिका–३३ बागमाराका सन्तोष बिकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?