National life

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१० भदौ २०८३, बुधबार
1KShares
आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने
ncell

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।

मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री भएयता शाहले पहिलोपटक नियमानुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सांसदहरुले लामो समयदेखि उनको खोजी गरिरहेका थिए ।

बैठकमा मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१_८२ प्रस्तुत गर्ने, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?