National life

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५% सम्म क्यासब्याक र बम्पर उपहार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
313Shares
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५% सम्म क्यासब्याक र बम्पर उपहार
ncell

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै क्रम्पटन (Crompton) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘Celebrate Dashain with Togetherness’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले क्रम्पटनका विभिन्न घरायसी तथा इलेक्ट्रिकल उपकरण खरिदमा आकर्षक क्यासब्याक, बम्पर उपहार तथा सहज खरिद सुविधा प्राप्त गर्न सक्नेछन्।

यस विशेष योजनाअन्तर्गत क्रम्पटनका सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर, आइरनलगायतका विभिन्न उत्पादन खरिदमा उपभोक्ताले २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। चाडपर्वको अवसरमा घरायसी आवश्यकताका उत्पादनमा थप बचत प्रदान गर्दै उपभोक्ताको दसैँ किनमेललाई अझ सहज र आकर्षक बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।

Royal Enfield
nic asia capital

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर लक्की ड्रमार्फत माइडियाको ५१९ लिटर मल्टी डोर रेफ्रिजरेटर जित्ने अवसर समेत प्राप्त गर्नेछन्। लक्की ड्रमा सहभागी हुन योजनामा उपलब्ध QR Code स्क्यान गरी आवश्यक विवरण दर्ता गर्न सकिनेछ।

उपभोक्ताको खरिद प्रक्रियालाई थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा EMI तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ। क्यासब्याक, बम्पर उपहार र सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेट्दै क्रम्पटनले परिवारसँग मनाइने दसैँको उत्सवलाई अझ विशेष बनाउने लक्ष्य राखेको छ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। ‘Amazing, Every Day’ भन्ने ब्रान्ड सन्देशअनुसार क्रम्पटनले आधुनिक प्रविधि, ऊर्जा दक्षता र दैनिक जीवनलाई सहज बनाउने उत्पादनहरूमा निरन्तर जोड दिँदै आएको छ।

चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा क्रम्पटनका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२वटा CG Digital शोरुमतथा cgdigital.com.np मार्फत क्रम्पटनका विभिन्न उत्पादनहरू उपलब्ध छन्।

उपभोक्ताले आफ्नो घरायसी आवश्यकता र जीवनशैलीअनुसार सिलिङ फ्यान, एयरकूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर, आइरनलगायतका विभिन्न मोडलहरू छनोट गर्न सक्ने छन्। कम्पनीले आधुनिक, ऊर्जा दक्ष तथा उपभोक्ता मैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ।शर्तहरु लागु हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
313SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?