National life

अमेरिकी भिसाका लागि नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
3.6kShares
अमेरिकी भिसाका लागि नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
ncell

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकाल्दै बी–१ र बी–२ भिसाका लागि धरौटी व्यवस्था स्थायी नियमका रूपमा लागू गर्ने घोषणा गरेको हो।

नयाँ नियमअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि आवेदन दिने नेपाली नागरिकले भिसा पाउनुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। यो रकम नेपाली रुपैयाँमा करिब १४ लाखदेखि ३० लाख रुपैयाँसम्म हुन सक्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि परीक्षण अवधिमा कन्सुलर अधिकारीको निर्णयअनुसार ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्न सकिने व्यवस्था थियो। नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ भने १० हजार र २० हजार डलरका दुई विकल्प मात्र कायम गरिएको छ।

भिसा अन्तर्वार्ताअघि नै धरौटी रकम जम्मा गर्नुपर्नेछ। यदि भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

नेपालसहित ५० देशका नागरिक प्रभावित

यो व्यवस्था अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि आवेदन दिइने बी–१ र बी–२ भिसामा लागू हुनेछ। दक्षिण एसियाबाट नेपालसँगै बंगलादेश र भुटान पनि यो सूचीमा परेका छन्।

अमेरिकाले भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने ‘भिसा ओभरस्टे’ समस्या नियन्त्रण गर्न यस्तो व्यवस्था ल्याइएको जनाएको छ।

अमेरिकी सरकारी तथ्यांकअनुसार भिसाको अवधि सकिएपछि पनि बस्ने व्यक्तिलाई पक्राउ गरी स्वदेश फर्काउन प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलरसम्म खर्च हुने भएकाले धरौटी प्रणाली लागू गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?