National life
cg eloctronics

रबि र बालेनबिच असमझदारी बढेपछि बाबुरामले सम्झाए कांग्रेस–एमालेको फुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२१ दिन अगाडि|२० कात्तिक २०८३, शुक्रबार
1.4kShares
रबि र बालेनबिच असमझदारी बढेपछि बाबुरामले सम्झाए कांग्रेस–एमालेको फुट
muktinatha bikash bank

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताधारी दल र सरकारबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो अवस्था देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको टिप्पणी गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले विगतमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीभित्र देखिएका गुटगत संघर्ष तथा विभाजनको उदाहरण दिएका छन्।

उनले २००७ सालपछि कांग्रेसमा बीपी र मातृका समूह, २०४७ पछि ७४ र ३६ सांसद समूह तथा पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको संघर्ष स्मरण गराएका छन्। त्यस्तै, एमालेमा महाकाली सन्धिको पक्ष र विपक्ष तथा माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षधरबीचको अन्तर्संघर्षले देश, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्‍याएको उल्लेख गरेका छन्।

इतिहासबाट पाठ सिक्न आग्रह गर्दै उनले ‘इतिहास दोहोरिन्छ, किनकि मानिसले आफ्ना गल्ती दोहोर्‍याउँछन्’ भन्ने भनाइसमेत उल्लेख गरेका छन्।

everest bank

जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक गल्ती नदोहोर्‍याउने विश्वास व्यक्त गर्दै भट्टराईले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न सुझाव दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?