National life

फ्रान्स विश्वकपको अन्तिम १६ मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१७ असार २०८३, बुधबार
845Shares
फ्रान्स विश्वकपको अन्तिम १६ मा
ncell

काठमाडौँ - फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा फ्रान्सले स्विडेनविरुद्ध सानदार जित निकोलेको छ। 

यो जितसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को प्रिक्वाटर्डफाइनल (अन्तिम १६)मा प्रवेश गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा केहीबेरअघि सकिएको खेलमा फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गरेको हो। 

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे। 

खेलको ४५औँ मिनेटमा एम्बाप्पेले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

५३औँ मिनेटमा फ्रान्सका ब्राडलीले गोल गर्दै खेललाई २-० को अवस्थामा ल्याए। खेलको ७४औँ मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को सानदार जित दिलाए। 


यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?