National life
cg eloctronics

करोडको आर्थिक लेनदेनको चर्चाबीच गगनको स्पष्टीकरण– एक सुका पनि लिएको छैन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
1.8kShares
करोडको आर्थिक लेनदेनको चर्चाबीच गगनको स्पष्टीकरण– एक सुका पनि लिएको छैन
muktinatha bikash bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो कुनै आर्थिक संलग्नता नरहेको दाबी गरेका छन्। बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियो प्रकरणबारे प्रष्टीकरण दिँदै थापाले आफू नैतिक रूपमा कमजोर धरातलमा नरहेको र आफ्ना हात सफा रहेको बताएका हुन्।

भिडियो सन्देश जारी गर्दै थापाले आफ्ना समर्थक तथा शुभेच्छुकलाई आफूलाई विश्वास गर्न आग्रह गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,’ उनले भनेका छन्, ‘मेरा पक्षमा ढुक्कले बोल्नुहोस्।’

everest bank

उनले सार्वजनिक अडियोमा उठेका विषयमा गलत ठाउँमा प्रश्न नगर्न पनि आग्रह गरेका छन्। प्रश्न उठाउनुपर्ने भए सम्बन्धित र सही ठाउँमा उठाउनुपर्ने उनको भनाइ छ।

‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ,’ थापाले भनेका छन्।

इनम सापकोटाले करोड रुपैयाँको विषय उठाएको प्रसंगमा थापाले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन नभएको स्पष्ट पारेका छन्।

‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिकताको कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन,’ उनले प्रष्टीकरण दिएका छन्।

थापाले सार्वजनिक अडियोमा उठेका आरोपलाई अस्वीकार गर्दै आफ्नो नैतिकता र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउनुपर्ने कुनै आधार नरहेको दाबी गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?