National life

नेपाललाई भारत–चीनबीचको ‘गतिशील सेतु’ बनाउनुपर्छ : बाबुराम भट्टराई

भारत–चीन नजिकिँदा नेपालले के गर्ने? बाबुराम भट्टराईले सुझाए यस्तो बाटो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
६ दिन अगाडि|२८ भदौ २०८३, आइतबार
730Shares
नेपाललाई भारत–चीनबीचको ‘गतिशील सेतु’ बनाउनुपर्छ : बाबुराम भट्टराई
ncell

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको नेपालले कुनै द्विविधामा नपरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको ब्रिक्स प्लस देशहरूको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेतहरू सकारात्मक रहेको उल्लेख गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भट्टराईले लामो संक्रमणकालबाट गुज्रिरहेको तथा भारत र चीनजस्ता दुई ठूला छिमेकीको बीचमा रहेको नेपालले बदलिँदो क्षेत्रीय तथा विश्व परिवेशलाई गम्भीरतापूर्वक बुझेर त्यसबाट आर्थिक तथा रणनीतिक लाभ लिन सक्नुपर्ने धारणा राखेका छन् ।

विगतका गल्तीबाट सिक्नुपर्ने धारणा

उनले विगतमा भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्न खोज्ने नेपाली शासकहरूको प्रवृत्तिबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

त्यस्तो अल्पदृष्टिकोणकै कारण नेपाल अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको उनको भनाइ छ ।

‘अहिलेको द्विपक्षीय वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले प्रयोग गरेका शब्दको निहितार्थ र भारतको अगुवाइमा सर्वसम्मतिले पारित लामो प्रस्तावको बहुआयामिक दिशावोधलाई नेपालले राम्ररी बुझ्न सक्नुपर्छ,’ भट्टराईले उल्लेख गरेका छन् ।

उनले चीन र भारतबीच आगामी दिनमा सम्भावित बढ्दो ‘प्रतिस्पर्धात्मक सहकार्य’बाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका छन् ।

नेपाललाई ‘गतिशील सेतु’ बनाउनुपर्ने

भट्टराईले कुशल कूटनीतिक प्रयासमार्फत नेपाललाई भारत र चीनबीचको ‘गतिशील सेतु’ का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार नेपालले आर्थिक समृद्धि हासिल गर्नुका साथै आफ्नो ‘सफ्ट पावर’ समेत विस्तार गर्न आवश्यक छ । उच्च तथा दिगो आर्थिक समृद्धि र प्रभावकारी सफ्ट पावर हासिल नगरी नेपालजस्ता तुलनात्मक रूपमा साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न कठिन हुने उनको भनाइ छ ।

उनले नेपाललाई अन्ततः ‘शान्ति राष्ट्र’ मा रूपान्तरण गर्ने योजनाको सुरुवात तत्कालै गर्नुपर्ने धारणा राखेका छन् ।

‘चीन र भारतबीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्यको लाभ उठाउन अनिवार्य छ,’ उनले भनेका छन्, ‘कुशल कूटनीतिक प्रयासमार्फत नेपाललाई दुई छिमेकीबीच गतिशील सेतु बनाउने र अन्ततः शान्ति राष्ट्रमा रूपान्तरण गर्ने कार्यको योजनाबद्ध सुरुवात आजैदेखि गर्नुपर्छ।’

‘दुई हात्ती लड्दा पनि, मिल्दा पनि घाँसकै नाश’

भट्टराईले नेपालले बदलिँदो भारत–चीन सम्बन्धलाई सही ढंगले बुझ्न नसके त्यसको नकारात्मक असर मुलुकले भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

उनले ‘दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश’ भन्ने नेपाली लोकोक्तिको प्रसंग उल्लेख गर्दै नेपालले विगतको जस्तो परिस्थितिको दुष्परिणाम भोग्न नपरोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

उनले वर्तमान युवा सत्ताधारीहरूलाई समयमै यस विषयमा ध्यान दिन आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?