काठमाडौं । एलआईसी (नेपाल) लिमिटेडले बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावितहरूको उद्धार, राहत र पुनरुत्थान कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई रु. १ करोड २५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारसहितको प्रतिनिधिहरूले पीडित समुदायलाई राहत प्रदान गर्नका लागि सो रकम बराबरको चेक अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले आपतमा परेका परिवारहरूको पुनस्र्थापना तथा सरकारद्वारा संचालित राहत कार्यहरूमा टेवा पुग्ने विश्वास लिइएको छ।

































